प्रचण्डमाथि अमेरिकामा ‘नो इन्भेष्टिगेशन’ : सोनिया गान्धी र मोदीकै हैसियतमा राजकीय सम्मान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
प्रचण्डमाथि अमेरिकामा ‘नो इन्भेष्टिगेशन’ : सोनिया गान्धी र मोदीकै हैसियतमा राजकीय सम्मान

सारांश

  • काठमाडौं ५,चैत।
  • नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध एक नेपालीले अमेरिकामा उजुरी गरेपछी अमेरिकी सरकारले ‘नो इन्भेष्टिगेशन’ को सर्कुलर गरेको छ ।
  • अमेरिकी दुतावास स्रोतका अनुसार, प्रचण्डका लागि अमेरिकाले विशेष रुपमा जारी गर्ने ‘नो इन्भेष्टिगेशन’ भन्ने आन्तरिक सर्कुलर जारी गरेको छ ।

काठमाडौं ५,चैत। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध एक नेपालीले अमेरिकामा उजुरी गरेपछी अमेरिकी सरकारले ‘नो इन्भेष्टिगेशन’ को सर्कुलर गरेको छ ।

अमेरिकी दुतावास स्रोतका अनुसार, प्रचण्डका लागि अमेरिकाले विशेष रुपमा जारी गर्ने ‘नो इन्भेष्टिगेशन’ भन्ने आन्तरिक सर्कुलर जारी गरेको छ । जुन भारतीय उच्च नेताहरु सोनिया गान्धी, नरेन्द्र मोदीलगाएत अन्तर्राष्ट्रिय नेताहरु अमेरिका भ्रमणमा जाने क्रममा जारी हुने गरेको छ ।

अमेरिका भ्रमणका क्रममा उत्पन्न हुन सक्ने कानूनी झमेला हटाउन विरलै मात्र यस्तो सर्कुलर जारी गरिन्छ । यस्तो सर्कुलर पछि अमेरिकी सरकारका कुनैपनि निकायले कारवाही अगाडि बढाउन मिल्दैन ।

प्रचण्डको भ्रमण अगाडि अमेरिकी राजदुत रेन्डीबेरीले प्रचण्ड निवासमै पुगेर भेट गरी अमेरिका भ्रमणका क्रममा कुनैपनि झमेला नहुनेमा विश्वस्त पार्दै भ्रमणका क्रममा अमेरिकाले विशिष्ट सम्मानका साथ स्वागत गर्ने बताएका थिए । लगत्तै दूताबासको सुरक्षा निकायले यस्तो खालको सर्कुलर जारी गरेको थियो ।जुन इमिग्रेशन लगाएत सुरक्षा सम्बद्ध अमेरिकी सरकारी निकायहरुमा पुगिसकेको छ ।

पत्नी सीता दाहालमा देखिएको रोगको उपचारका लागि आफू अमेरिका जान लागेको अमेरिका जानुपूर्व प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरुसँग बताएका थिए ।

पत्नी सीतामा देखिएको पार्किन्सनको उपचारका लागि आफू अमेरिकाको बालटिमोर स्थित जनहप्किङ अस्पतालमा उपचार गर्न लागेको प्रचण्डको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?