होली खेल्दा खेल्दै छुरा हानाहान, एक जनाको मृत्यु
सारांश
- काठमाडौं, ७ चैत ।
- सुनसरीको धरानमा होली खेल्दा खेल्दै दुई समूहबीच झडप भएको छ ।
- झडपमा परी एक जनाको मृत्यु भएको छ ।
काठमाडौं, ७ चैत । सुनसरीको धरानमा होली खेल्दा खेल्दै दुई समूहबीच झडप भएको छ । झडपमा परी एक जनाको मृत्यु भएको छ ।झडपमा अर्का एक जना गम्भीर घाइते भएका छन् ।
झडपमा धरान–८ का २० वर्षीय नीमा तामाङको छुरी प्रहारबाट मृत्यु भएको सुनसरीका डिएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए।
उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा साँझ साढे ५ बजेतिर मृत्यु भएको हो।झडपमा धरान–८ कै १७ वर्षीय मिलन बिक घाइते भएका छन् । उनको छातीमा सामान्य लागेको छ ।
चार जनाको समूहले प्रहार गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। उनीहरू फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया