खेतमा युवासंघ, मुलुकको समृद्धिका लागि कृषिमा आत्मनिर्भरता आवश्यक: अध्यक्ष पौडेल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २२, २०७५
|
|
४६ पटक हेरिएको
Shares
खेतमा युवासंघ, मुलुकको समृद्धिका लागि कृषिमा आत्मनिर्भरता आवश्यक: अध्यक्ष पौडेल

सारांश

  • जनकपुर, २२ असार ।
  • युवा संघ नेपालका केन्द्रीय अध्यक्ष रमेश पौडेलले मुलुकको समृद्धिका लागि कृषिमा आत्मनिर्भरता आवश्यक भएको बताएका छन् ।
  • युवासंघ नेपालले देशभर सञ्चालन गरेको तीनदिने जनश्रमदान युवा अभियानको क्रममा धनुषामा रोपाईं कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले त्यस्तो धारणा राखेका हुन् ।

जनकपुर, २२ असार । युवा संघ नेपालका केन्द्रीय अध्यक्ष रमेश पौडेलले मुलुकको समृद्धिका लागि कृषिमा आत्मनिर्भरता आवश्यक भएको बताएका छन् । युवासंघ नेपालले देशभर सञ्चालन गरेको तीनदिने जनश्रमदान युवा अभियानको क्रममा धनुषामा रोपाईं कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले त्यस्तो धारणा राखेका हुन् ।

“कृषिमा आत्मनिर्भरता मुलुकको समृद्धिको लागि आवश्यक भएकाले हामी देशभर जनताको खेतमा परिचालित भएका छौं”, अध्यक्ष पौडेलले भने, “यसलाई हामीले अभियानकै रुपमा अगाडि बढाएका छौं । आम युवापंक्तिलाई कृषिमा आकर्षित गराउन यस्तो अभियान जरुरी छ ।”

युवा नेता सञ्जीव झाले २४ अर्बभन्दा बढीको नेपालमा आयात हुनु चिन्ताको विषय हो भन्दै आयातलाई शून्यमा ल्याउन सम्पूर्ण युवाहरु कृषिमा होमिन जरुरी भएको बताए । उनले आयातलाई शून्यमा झारेर निर्यात बढाउनुपर्ने आवश्यकता औंल्याउँदै युवाहरु कृषिमा आकर्षित हुनुपर्ने र त्यसैका लागि युवासंघ किसानको खेतमा जनश्रमदान गर्न देशभर हिडेको बताए ।

धनुषा जिल्लाको रमदैया भवाडीमा स्थानीय किसान सुरेशप्रसाद यादवको खेतमा युवासंघ नेपाल धनुषाले धान रोपाईको काम गरेको थियो । संघका केन्द्रीय अध्यक्ष रमेश पौडेलको प्रमुख आतिथ्यमा धान रोपाईको कार्यक्रममा पूर्व वन तथा भू संरक्षणमन्त्री एवम् एमाले केन्द्रीय सदस्य यदुवंश झा, तत्कालीन एमाले जिल्ला अध्यक्ष राजकिशोर यादव, तत्कालीन एमाले जिल्ला सचिव लक्ष्मी यादव, युवा संघका केन्द्रीय सचिवालय सदस्य एवम् धनुषा इन्चार्ज लोकप्रिय युवा नेता सञ्जीव झा, अनुशासन आयोगका सचिव जोगी यादवको सहभागिता रहेको थियो । त्यस्तै, प्रदेश कमिटी सदस्य रामप्रकाश, कार्यवाह्क जिल्ला अधयक्ष बोएलाल यादव, उपाध्यक्ष शैलेन्द्र यादव, सचिव दिनेश सिंह, कोषाध्यक्ष राम उदगार लगायत सयौं युवाहरुको सह्भागिता थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Prabina Ghale

    जान्नु पर्योनी उफ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धर्मगुरु रहीमको पक्षमा गरिएको प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
धर्मगुरु रहीमको पक्षमा गरिएको प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
बारामा बढ्यो धान उत्पादन
बारामा बढ्यो धान उत्पादन
बजेटमा वीरगञ्ज–पथलैया करिडोर घोषणासँगै उद्योगी व्यवसायी उत्साहित
बजेटमा वीरगञ्ज–पथलैया करिडोर घोषणासँगै उद्योगी व्यवसायी उत्साहित
भ्रष्टाचारका मुद्दामा मुछिएका दोषी र अपराधीलाई छोड्ने काम हुँदैन : गृहमन्त्री श्रेष्ठ
भ्रष्टाचारका मुद्दामा मुछिएका दोषी र अपराधीलाई छोड्ने काम हुँदैन : गृहमन्त्री श्रेष्ठ
अहिलेसम्म कति नेपालीले अमेरिकी नागरिकता पाए ?
अहिलेसम्म कति नेपालीले अमेरिकी नागरिकता पाए ?
समायोजनमा समस्या देखिएका स्वास्थ्यकर्मीलाई एक पटकलाई संशोधन गर्ने मौका
समायोजनमा समस्या देखिएका स्वास्थ्यकर्मीलाई एक पटकलाई संशोधन गर्ने मौका
एमाले–माओवादी बाहिरै राखेर प्रदेश प्रमुख भागबण्डा, को–को बन्दैछन् ?
एमाले–माओवादी बाहिरै राखेर प्रदेश प्रमुख भागबण्डा, को–को बन्दैछन् ?
भक्तपुरमा न्हुँदया भिन्तुना र्‍यालीमा एमाले, नेमकिपा प्रतिस्पर्धा !
भक्तपुरमा न्हुँदया भिन्तुना र्‍यालीमा एमाले, नेमकिपा प्रतिस्पर्धा !
१७ स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूचीसहित)
१७ स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूचीसहित)
घुम्ती शिविरमा पाए १५९ ले नागरिकता
घुम्ती शिविरमा पाए १५९ ले नागरिकता