नेपालमा ढुक्क भएर लगानी गर्नुहोस् : अध्यक्ष दाहाल

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १७, २०७५
|
|
२० पटक हेरिएको
Shares
नेपालमा ढुक्क भएर लगानी गर्नुहोस् : अध्यक्ष दाहाल

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा लगानी गर्न कुनै समस्या नभएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।
  • लगानी सम्मेलनमा सहभागी स्वदेशी, विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा लगानी गर्न कुनै समस्या नभएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।

लगानी सम्मेलनमा सहभागी स्वदेशी, विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरे । सम्मेरलन समापनमा सरकारले लगानीकर्तालाई उच्च प्रतिफल हुने गरी कानुनी तथा नीतिगत सुधार गरी सकारात्मक वातावरण सिर्जना गरेको बताए ।

नेपालमा लगानी गरेर उच्च प्रतिफल हासिल गर्नसमेत आग्रह गर्दै राजनीतिक स्थायित्वले लगानीकर्तालाई विश्वास दिलाएको उल्लेख गरे ।

अध्यक्ष दाहालले पछिल्लो दिनमा व्यवस्थापन तथा बजारीकरणमा नवीन प्रयास गरिएको, सरकारले दर्जनौँ सुधारका काम गरेको, लगानीका लागि सहज बनाइएको उल्लेख गरे । नेपाल आकर्षण लगानी गन्तव्य हो भन्ने सम्मेलनबाट स्पष्ट भएको दाहालको दाबी छ ।

नेपालको जनशक्ति, प्राकृतिक स्रोत, साधनले लगानीकर्तालाई सहज वातावरण बनाएको स्पष्ट पार्दै छिमेकी देशसँग गरिएको शुल्करहित भन्सार प्रक्रियाले थप सहजीकरण गरेको बताए ।

दक्षिण एशियामै पर्यटन क्षेत्रका लागि महत्वपूर्ण स्थानमा रहेको जानकारी दिँदै अध्यक्ष दाहालले मनोरम प्राकृतिक सुन्दरताका कारण पनि नेपाल लगानीका लागि थप योग्य रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२८ र २९ गते मुक्तिनाथ जाने योजना बनेको छ! छ भने यसो गर्नुस्…
२८ र २९ गते मुक्तिनाथ जाने योजना बनेको छ! छ भने यसो गर्नुस्…
भित्तेपात्रो स्वीकृति लिन पञ्चाङ्ग निर्णायक समितिमा भिड
भित्तेपात्रो स्वीकृति लिन पञ्चाङ्ग निर्णायक समितिमा भिड
लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत पाए
लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत पाए
प्रधानमन्त्री ओलीको ‘एण्टिबडी’ नष्ट गरिदै
प्रधानमन्त्री ओलीको ‘एण्टिबडी’ नष्ट गरिदै
३ जना सवार मोटरसाईकल दुर्घटना , एकको मृत्य २ घाईते
३ जना सवार मोटरसाईकल दुर्घटना , एकको मृत्य २ घाईते
विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्ने पुनम पाण्डेले डेजाभु क्लबमा जवानीको आगो सल्काउने
विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्ने पुनम पाण्डेले डेजाभु क्लबमा जवानीको आगो सल्काउने
अब सातै प्रदेशमा क्यान्सर उपचार सेवा शुरु हुने
अब सातै प्रदेशमा क्यान्सर उपचार सेवा शुरु हुने
‘रोग सर्छ भन्ने कुरा हल्ला मात्रै रहेछ’
‘रोग सर्छ भन्ने कुरा हल्ला मात्रै रहेछ’
अन्ततः बूढीगण्डकी निर्माणको जिम्मा प्राधिकरणलाई
अन्ततः बूढीगण्डकी निर्माणको जिम्मा प्राधिकरणलाई
प्रहरीकी जागिरे पूर्वप्रेमिकाको हत्या गरी आत्महत्या गर्ने यी प्रहरी
प्रहरीकी जागिरे पूर्वप्रेमिकाको हत्या गरी आत्महत्या गर्ने यी प्रहरी

तपाईंले छुटाउनुभयो कि?