जन प्रर्दशनको तयारीमा देशभक्त जनगणतान्त्रिक मोर्चाः सिपि गजुरेल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २१, २०७५
|
|
२८ पटक हेरिएको
Shares
जन प्रर्दशनको तयारीमा देशभक्त जनगणतान्त्रिक मोर्चाः सिपि गजुरेल

सारांश

  • राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, संघीय जनगणतन्त्र स्थापनाको लागि संघर्स गरौँ, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको प्रथम राष्ट्रिय सम्मेलन सफल पारौँ भन्ने मुल नाराका साथ देशभक्त जनगणतान्त्रिक मोर्चाले आगामी चैत्र २४ गते काठमाडौंमा जन प्रर्दशन गर्ने जानकारी को छ ।
  • बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दे मोर्चाका संयोजक सिपि गजुरेलगजुरेलले फागुन ७ गतेदेखि २१ गते सम्म देशको बिभिन्न भागमा सफलतापुर्वक सञ्चालन गरेको ‘मेचि–महाकालि जन जागरण अभियान’को उत्कर्षको रुपमा जन प्रर्दशन हुन गैरहेको बताए ।
  • बर्तमान सरकार जनविरोधी र राष्टधाती भएको आरोप लगाउदै उनले सरकारलाई जनताको पक्षमा निणर्य गराउन आफ्नो पार्टीले जनप्रर्दशनको तयारीमा लागेको बताए ।

राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, संघीय जनगणतन्त्र स्थापनाको लागि संघर्स गरौँ, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको प्रथम राष्ट्रिय सम्मेलन सफल पारौँ भन्ने मुल नाराका साथ देशभक्त जनगणतान्त्रिक मोर्चाले आगामी चैत्र २४ गते काठमाडौंमा जन प्रर्दशन गर्ने जानकारी को छ ।

बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दे मोर्चाका संयोजक सिपि गजुरेलगजुरेलले फागुन ७ गतेदेखि २१ गते सम्म देशको बिभिन्न भागमा सफलतापुर्वक सञ्चालन गरेको ‘मेचि–महाकालि जन जागरण अभियान’को उत्कर्षको रुपमा जन प्रर्दशन हुन गैरहेको बताए ।बर्तमान सरकार जनविरोधी र राष्टधाती भएको आरोप लगाउदै उनले सरकारलाई जनताको पक्षमा निणर्य गराउन आफ्नो पार्टीले जनप्रर्दशनको तयारीमा लागेको बताए ।

दुई तिहाइ बहुमतको आधारमा बनेको के पी ओली नेतृत्वको सरकारले ‘समृद्ध नेपाल,सुखी नेपाली’को कपोल कल्पित नारा भन्दा अरु केहि जनतालाई सुनाउन र देखाउन नसकेको उनको भनाई रहेको थियो । अहिलेको सरकारले जनतालाई के दियो ? अहिलेपनि पहिलेका राष्ट्रघाती कार्यहरु अहिलेपनि यथावत रहेको भन्दै उनले भारतले छापेर पठाएका नक्कली नक्सा मन्त्रालय लगायत सबै सरकारी कार्यालयहरुमा झुण्डाएको आरोप लगाए ।

 

सरकारले सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानी, लिम्पियाधुरा नै भारतमा गाभिएको भन्दैे सातै प्रदेशले निकालेको नेपालको नक्साको क्षेत्रफल जोड्दा समग्र नेपालका कुल क्षेत्रफलमध्ये १००१९ वर्ग कि मि भारतमा नै गएको उनको भनाई रहेको छ ।जनताको ढाड सेक्नेगरि दैनिक उपभोग्य बस्तुहरुको मुल्य ३०० प्रतिशतसम्म बर्तमान सरकारको दोस रहेको उनको भनाई रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?