अचानक अमेरिकाको राजधानी वाशिङटनमा बाढी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २४, २०७६
|
|
३० पटक हेरिएको
Shares
अचानक अमेरिकाको राजधानी वाशिङटनमा बाढी

सारांश

  • वाशिङटन डिसी क्षेत्रमा अचानक बाढीको आपतकालीन स्थिति आइपरेपछि आवतजावत गरिरहेका यात्रुहरू जोखिममा परेका थिए।
  • ठूलो वर्षाका कारण कतिपय ठाउँमा सडक अवरुद्ध भएर चालकहरू फसेका थिए भने केही भूमिगत रेलमार्गमा खतरनाक डुबानको स्थिति देखा परेको थियो।
  • केही चालकहरूलाई क्यापिटल बेल्टवेमा उद्धार गर्नु परेका खवरहरु सार्वजनिक भएका छन।

वाशिङटन डिसी क्षेत्रमा अचानक बाढीको आपतकालीन स्थिति आइपरेपछि आवतजावत गरिरहेका यात्रुहरू जोखिममा परेका थिए।

ठूलो वर्षाका कारण कतिपय ठाउँमा सडक अवरुद्ध भएर चालकहरू फसेका थिए भने केही भूमिगत रेलमार्गमा खतरनाक डुबानको स्थिति देखा परेको थियो।केही चालकहरूलाई क्यापिटल बेल्टवेमा उद्धार गर्नु परेका खवरहरु सार्वजनिक भएका छन।

अन्डरपास मार्गहरू कतिपयमा २ मिटरसम्म पानीको स्तर पुगेको थियो।अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस समेत पानीबाट प्रभावित भयो।

वेस्ट विंगको भूमिगत बेसमेन्ट तहमा भेल पसेको थियो।बाढीका कारण नेसनल आर्काइभ्स भवनमा बिजुली आपूर्ति अवरुद्ध भयो।

तर कर्मचारीका अनुसार त्यहाँ राखिएका ऐतिहासिक अभिलेख तथा दस्तावेज सुरक्षित छन्। त्यहाँ स्वतन्त्रताको घोषणापत्र, संविधान एवं बील अफ राइट्स जस्ता महत्ववपूर्ण ऐतिहासिक दस्तावेज राखिएका छन्।

मौसमसम्बन्धी निकाय नेसनल वेदर सर्भिसले अचानक बाढीको चेतावनी जारी गरेको छ।प्रहरीले मानिसहरूलाई बाढी पसेका सडकमा नआउन सजग गराएको छ।बीबीसी

नेपाललाई ९६ रनको सामान्य लक्ष्य
काठमाडौं। एसीसी यु–१९ इस्टर्न रिजनको फाइनल खेलमा नेपालले ९६ रनको सामान्य लक्ष्य पाएको छ । मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई ४३.१ ओभरमा ९५ रनमै अलआउट गरेको हो ।

हङकङलाई सस्तैमा समेट्न नेपालका लागि सागर ढकालले घातक बलिङ गरे । उनले १० ओभरमा मात्रै १८ रन दिँदै ५ विकेट लिए । उनले १० ओभरमध्ये ५ ओभर मेडन फालेका थिए । यस्तै कमलसिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राजभण्डारीले १–१ विकेट लिए ।

हङकङका लागि कप्तान अदित गोरावाराले सर्वा्धिक २४ रन बनाए । कल्हान मार्क चल्लुले १९ र रौनक कपूरले १२ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । यो खेल जितेमा नेपाल श्रीलंकामा हुने अण्डर १९ एशिया कपमा छनोट हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?