आजको मौसमः वर्षा र हिमपातकाे सम्भावना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १९, २०८०
|
|
४९ पटक हेरिएको
Shares
आजको मौसमः वर्षा र हिमपातकाे सम्भावना

सारांश

  • काठमाडौं।
  • हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको भइरहेको छ। साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात भइरहेको छ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेश सहित कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको साथै देशको बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। वर्षा र हिमपातसँगै देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटना अपडेट : त्रिशुलीमा बस खस्दा ४ जनाको मृत्यु, २५ घाइते
दुर्घटना अपडेट : त्रिशुलीमा बस खस्दा ४ जनाको मृत्यु, २५ घाइते
वामदेव गौतम प्रधानमन्त्री बन्ने पत्रकार घिमिरेको दाबी (भिडियोसहित)
वामदेव गौतम प्रधानमन्त्री बन्ने पत्रकार घिमिरेको दाबी (भिडियोसहित)
स्वयम्भू आगलागी : ३० लाख क्षति
स्वयम्भू आगलागी : ३० लाख क्षति
डा. गोविन्द केसी, मोडलिङ र प्रतिपक्ष
डा. गोविन्द केसी, मोडलिङ र प्रतिपक्ष
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भोलि अर्जेन्टिना प्रस्थान गर्दै
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भोलि अर्जेन्टिना प्रस्थान गर्दै
आजको मौसमः चार प्रदेशमा कतै भारी त कतै छिटफुट बर्षा हुने
आजको मौसमः चार प्रदेशमा कतै भारी त कतै छिटफुट बर्षा हुने
खरो रुपमा उत्रँदै प्रकाण्ड पक्राउबारे गृहमन्त्रीले भने, ‘प्रकाण्ड ध्वंसात्मक गतिविधिमा संलग्न थिए’
खरो रुपमा उत्रँदै प्रकाण्ड पक्राउबारे गृहमन्त्रीले भने, ‘प्रकाण्ड ध्वंसात्मक गतिविधिमा संलग्न थिए’
मौसममा बदली, वर्षाको सम्भावना
मौसममा बदली, वर्षाको सम्भावना
तेस्रो दीक्षान्त गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय
तेस्रो दीक्षान्त गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय
अमेरिकाको अलास्कामा ७.० म्याग्निच्यूडको भूकम्प, सडक चिराचिरा परे
अमेरिकाको अलास्कामा ७.० म्याग्निच्यूडको भूकम्प, सडक चिराचिरा परे