न्यायाधीश सम्मेलन : न्यायाधीश आचरणदेखि जनआस्था बढाउन छलफल हुने
सारांश
- काठमाडौं ।
- देशभरका न्यायाधीशहरुको सम्मेलन काठमाडौंमा भैरहेको छ ।
- राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गर्दै समयमै न्याय दिन न्यायाधीशहरुलाई आग्रह गरेकी छिन् ।
काठमाडौं । देशभरका न्यायाधीशहरुको सम्मेलन काठमाडौंमा भैरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गर्दै समयमै न्याय दिन न्यायाधीशहरुलाई आग्रह गरेकी छिन् ।
सर्वोच्च अदालत, उच्च, जिल्ला लगायतका अदालतका ३ सय ९३ जना न्यायाधीश काठमाडौं सम्मेलनमा उपस्थित भएका छन् ।
बुधबारदेखि सुरु भएको तेस्रो न्यायाधीश सम्मेलनमा भाग लिन देशभरका सबै अदालतका न्यायाधीश काठमाडौं आएका बुधबारदेखि अदालतहरुमा पेशी तोकिएको छैन । कुनै पनि मुद्दामा सुनुवाइ हुने छैनन् ।
‘न्यायपालिकाको स्वतन्त्रता, न्याय सुशासन हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ तीनदिनसम्म न्यायाधीशहरू न्यायपालिकालाई सुधार्न छलफलमा हुनेछन्।
‘नेपालको संविधानको कार्यान्वयनमा न्यायपालिकाको भूमिका, अपेक्षा र चुनौतीहरू,’ तथा ‘मुलुकी संहिताको कार्यान्वयनमा अदालतको अपेक्षित भूमिका,’ विषयक कार्यपत्र प्रस्तुत हुँदैछन्। त्यसैगरी ‘न्यायपालिकाप्रतिको जनआस्था र न्यायाधीशको आचारसंहिताको कार्यान्वयन,’ ‘न्यायपालिकाको चौथो पञ्चवर्षिय योजना निर्माणको सन्दर्भ’ विषयक कार्यपत्र प्रस्तुत गरी छलफल हुने बताइएको छ।

प्रतिक्रिया