३८ खर्ब लिएर दुनियाँकै महंगो सम्बन्धविच्छेद !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २२, २०७५
|
|
२३ पटक हेरिएको
Shares
३८ खर्ब लिएर दुनियाँकै महंगो सम्बन्धविच्छेद !

सारांश

  • संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस र उनीकी श्रीमती मक्केन्जको सम्बन्धविच्छेद भएको छ ।
  • सम्बन्धविच्छेदका लागि जेफले उनका श्रीमतीलाई ३५ बिलियन अमेरिकी डलरतिर्ने भएका हुन् ।
  • लगभग नेपाली ३८ अर्ब रुपैयाँमा सम्बन्धविच्छेदका लागि उनीहरु सहमति भएको विविसीले जनाएको छ ।

संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस र उनीकी श्रीमती मक्केन्जको सम्बन्धविच्छेद भएको छ । सम्बन्धविच्छेदका लागि जेफले उनका श्रीमतीलाई ३५ बिलियन अमेरिकी डलरतिर्ने भएका हुन् । लगभग नेपाली ३८ अर्ब रुपैयाँमा सम्बन्धविच्छेदका लागि उनीहरु सहमति भएको विविसीले जनाएको छ ।

२५ वर्ष लामो सम्बन्धमा रहेका उनीहरु केही समय पहिले संसारकै सबै भन्दा महंगो सम्बन्ध विच्छेद गर्ने सूचीमा परेका छन् ।
सम्बन्ध विच्छेद भएपनि मक्केन्जीसँग जेफले स्थापना गरेको अनलाइन किनमेल कम्पनी एमेजनको चार प्रतिशत शेयर रहनेछ ।

यसअघि सबैभन्दा महँगो पारपाचुके कलाव्यापारी एलेक विन्डेन्स्टेन र उनकी पत्नी जोस्लिनबीच ३.८ बिलियन डलरको (लगभग)चार खर्ब २० अर्ब नेपाली रुपैयौँ थियो।

मक्केन्जीले सहमतिबारे आफ्नो पहिलो र अहिलेसम्मको एकमात्र ट्वीटमा जानकारी दिएकी हुन्।
उनले ट्वीट गर्दै सम्बन्धविच्छेदको लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।

जेफ बेजोसँग मक्केन्जीको १६.३ प्रतिशत सेयर थियो जसको ७५ प्रतिशत अझैपनि उनीसँगै रहनेछ र मक्केन्जीले आफ्नो शेयरको मताधिकार पूर्वपतिलाई दिएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?