सेल्फी खिच्न फ्यानले तानातान गर्दा नवाजुद्दिन सिद्दिकीको हात भाँचियो
सारांश
- मुम्बइ।
- बलिउडका उत्कृष्ट अभिनेतामा गनिने नवाजुद्दीन सिद्दकीको प्रशंसकका कारण हात भाँच्चिएको खबर सार्वजनिक भएको छ ।
- एक कार्यक्रमका लागि हालै कानपुर पुगेका उनलाई प्रशंसकले जोडदार तरिकाले स्वागत गरे जसले उनलाई समस्यामा पारेका छ ।
मुम्बइ। बलिउडका उत्कृष्ट अभिनेतामा गनिने नवाजुद्दीन सिद्दकीको प्रशंसकका कारण हात भाँच्चिएको खबर सार्वजनिक भएको छ । एक कार्यक्रमका लागि हालै कानपुर पुगेका उनलाई प्रशंसकले जोडदार तरिकाले स्वागत गरे जसले उनलाई समस्यामा पारेका छ ।
नवाजुद्दीन सिद्दकीको एउटा भिडियो सोसल मिडियामा चर्चा भइरहेको छ । भिडियो कानपुर शहरको कुनै कार्यक्रमको बताइएको छ । रिपोर्टका अनुसार नवाजुद्दीन कानपुरमा आयोजित कार्यक्रम समाप्त भएपछि बाहिर निस्कने बित्तिकै प्रशंसकले उनलाई घेरे । त्यतिबेला एक प्रशंसकले सेल्फी लिने चक्करमा नवाजुद्दीनको गला समातेर उनलाई आफूतर्फ तान्ने कोसिस गर्न थाले ।
नायकलाई प्रशंसकले तानेपछि त्यहाँका सुरक्षाकर्मी सतर्क भए । यद्यपि, यो तानातानमा नवाजुद्दीनको हात भाँच्चियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया