फ्रान्समा छात्रालाई विद्यालयभित्र बुर्काजस्तै देखिने पोसाक अबाया लगाउन प्रतिबन्ध

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०८०
|
|
५९ पटक हेरिएको
Shares
फ्रान्समा छात्रालाई विद्यालयभित्र बुर्काजस्तै देखिने पोसाक अबाया लगाउन प्रतिबन्ध

सारांश

  • पेरिस।
  • फ्रान्सका सरकारी विद्यालयमा अध्ययनरत छात्राहरुलाई पूरै शरीर ढाक्ने कपडा पोसाक अबाया लगाउन प्रतिबन्ध लगाइएको छ।
  • बुर्काजस्तै देखिने यो पहिरन मुस्लिम धर्मावलम्बीहरुले विद्यालयमा पनि लगाउन थालेपछि धर्म निरपेक्ष मुलुक फ्रान्सले प्रतिबन्धको घोषणा गरेको हो ।

पेरिस। फ्रान्सका सरकारी विद्यालयमा अध्ययनरत छात्राहरुलाई पूरै शरीर ढाक्ने कपडा पोसाक अबाया लगाउन प्रतिबन्ध लगाइएको छ। बुर्काजस्तै देखिने यो पहिरन मुस्लिम धर्मावलम्बीहरुले विद्यालयमा पनि लगाउन थालेपछि धर्म निरपेक्ष मुलुक फ्रान्सले प्रतिबन्धको घोषणा गरेको हो ।

कसैको पहिरन हेरेर धर्म पहिचान गर्न सक्ने भएकाले अबायालाई विद्यालयमा प्रतिबन्ध लगाइएको फ्रान्सका शिक्षा मन्त्री गाब्रिएल अट्टलले बताए। विद्यालयमा सबै समान भएको भन्दै कुनै पनि धर्म र सम्प्रदायको पहिचान पोसाकबाट विद्यालयमा देखिनु नहुने उनको भनाइ छ।

आगामी सेप्टेम्बर ४ बाट शुरु हुने विद्यालयको नयाँ शैक्षिकशत्रमा कडाइका साथ धार्मिक पहिचान खुल्ने पहिरन आबाया लगाउन नपाइने शिक्षा मन्त्रीको घोषणामा उल्लेख छ।

यस्तो पहिरनले फ्रान्सको कडा धर्म निरपेक्ष कानुन उल्लंघन हुने बताइएको छ। सन् २००४ देखि नै फ्रान्सका सरकारी विद्यालयमा टाउको छोप्ने हेड स्कार्फ लगाउन प्रतिबन्ध लगाइएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनसेलको मुद्दामाथि पूर्ण इजलासमा बहस हुँदै
एनसेलको मुद्दामाथि पूर्ण इजलासमा बहस हुँदै
वाग्मती प्रदेशमा उपसभामुख चयनका लागि आज मतदान
वाग्मती प्रदेशमा उपसभामुख चयनका लागि आज मतदान
आयल निगमले बोनस बाँड्न नमिल्ने ठहर
आयल निगमले बोनस बाँड्न नमिल्ने ठहर
आजदेखि नेपाल एयरलाइन्सले इलाम–काठमाडौँ उडान गर्दै, भाडा कति?
आजदेखि नेपाल एयरलाइन्सले इलाम–काठमाडौँ उडान गर्दै, भाडा कति?
इपिएल क्रिकेटः इंल्याण्ड यु१९ का कप्तान हाेल्डेन चितवन टाइगर्सबाट खेल्ने !
इपिएल क्रिकेटः इंल्याण्ड यु१९ का कप्तान हाेल्डेन चितवन टाइगर्सबाट खेल्ने !
रिलिज हुनुभन्दा अगाडि नै तोडियो ‘बाहुबली २’ को रेकर्ड, यतीधेरै हलमा लाग्दैछ ‘२.०’
रिलिज हुनुभन्दा अगाडि नै तोडियो ‘बाहुबली २’ को रेकर्ड, यतीधेरै हलमा लाग्दैछ ‘२.०’
किमले पठाएको ‘उत्कृष्ट’ चिट्ठी ट्रम्पले गरे सार्वजनिक
किमले पठाएको ‘उत्कृष्ट’ चिट्ठी ट्रम्पले गरे सार्वजनिक
उखुको पुरानो भुक्तानीमा किसानकै ढिलासुस्ती
उखुको पुरानो भुक्तानीमा किसानकै ढिलासुस्ती
कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकारको सुरक्षाप्रति युनियनको चासो
कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकारको सुरक्षाप्रति युनियनको चासो
राष्ट्रियसभाका अध्यक्ष, गृहमन्त्री, अर्थमन्त्री लगायतको कार्यकाल गोलाप्रथाबाट आज तोकिंदै
राष्ट्रियसभाका अध्यक्ष, गृहमन्त्री, अर्थमन्त्री लगायतको कार्यकाल गोलाप्रथाबाट आज तोकिंदै