नाम तोक्ने विषयमा प्रदेश सभामा प्रस्ताव नै पेश भएन !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
नाम तोक्ने विषयमा प्रदेश सभामा प्रस्ताव नै पेश भएन !

सारांश

  • काठमाडाै, १६ वैशाख ।
  • प्रदेश १ को नामाकरण र राजधानी तोक्ने अन्योल लम्बिदै गएको छ।
  • नाम तोक्ने विषयमा प्रदेश सभामा प्रस्ताव नै पेश नहुँदा अन्योल बढेको गुनासो प्रदेश सभाका सदस्यहरुले गरेका छन्।

काठमाडाै, १६ वैशाख । प्रदेश १ को नामाकरण र राजधानी तोक्ने अन्योल लम्बिदै गएको छ।

नाम तोक्ने विषयमा प्रदेश सभामा प्रस्ताव नै पेश नहुँदा अन्योल बढेको गुनासो प्रदेश सभाका सदस्यहरुले गरेका छन्।

लामो समयदेखि प्रदेश संसद कानुन निर्माणमा अल्झिरहेकाले उपलब्धिमूलक विजनेस दिन नसकेको संघीय समाजवादी फोरमका प्रमुख सचेतक जयराम यादव बनाउँछन्।

‘प्रमुख दल नै राजधानी तोक्ने विषयमा आलटाल गरिरहेका छन्,’ यादवले भने, ‘प्रदेश सरकारले नागरिकको चासोको विषयलाई थाती राखी अन्य कामलाई मात्र प्राथमिकतामा राखिरहेको छ।’

प्रदेश मन्त्रीहरूले विधेयक ल्याएर द्रुत गतिमा हाउसलाई काम दिनुपर्नेमा त्यसो हुन नसकेको भन्दै संसद् र सरकार सुुस्त भएको बताए। भने, ‘नागरिकले चाहेका असंख्य कुरालाई चाँडोभन्दा चाँडो पूरा गर्नुपर्ने हुुँदा सीमित समयलाई भरपुर उपयोग गर्नबाट चुक्नु हुँदैन।’

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले राजधानी र प्रदेशको नाम तोक्नेबारे संसदमा विषय प्रवेश नभएको स्वीकारे। उनले असार मसान्तसम्म खर्च गरिसक्नुुपर्ने छोटो बजेट ल्याइएको हुँदा सीमाभित्र खर्च गर्न लागिपरेको बताए ।

खासमा बजेट आएपनि खर्च गर्ने कार्यविधि नबन्दा अन्योल छाएको छ। त्यसनिम्ति सरकारले हतार–हतार आर्थिक नियमावाली संसदमा टेबल गरी पारित गरेको थियो ।

मन्त्री घिमिरेले सरकारले कानुन बनाउने काममा बढी ध्यान दिएको हुँदा नागरिकको प्रत्यक्ष सरोकार रहेका केही मुद्दामा ढिलाइ भइरहेको बताए।

यति बेला प्रदेश १ को राजधानी विराटनगर, धनकुटा, इटहरी या धरान कहाँ राखिएला भन्ने सर्वत्र चासोको विषय रहेको छ।

यससँगै प्रदेशको नाम के रहला भन्ने जिज्ञासा नागरिकमाझ व्याप्त छ। तर, नागरिकले अपेक्षा गरिरहेका उक्त दुुई विषयले कहिले संसदमा प्रवेश पाउलान् भन्नेमै अन्योल छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौतहट हिँडे डाक्टर केसी, मुसहरको उपचार गर्ने
रौतहट हिँडे डाक्टर केसी, मुसहरको उपचार गर्ने
बंगलादेशसँग पराजित हुँदै एशिया कपबाट बाहिरियो नेपाल
बंगलादेशसँग पराजित हुँदै एशिया कपबाट बाहिरियो नेपाल
शुक्रबारको विनिमयदर : अमेरिकी डलर र युरो दुवैको भाउ घट्यो
शुक्रबारको विनिमयदर : अमेरिकी डलर र युरो दुवैको भाउ घट्यो
मधेस केन्द्रित दलको  ठूला नेताहरू  प्रवेश गर्दै, ओलीले स्वागत गर्ने……..
मधेस केन्द्रित दलको ठूला नेताहरू प्रवेश गर्दै, ओलीले स्वागत गर्ने……..
सूचना टाँस्दै प्रतिनिधिसभाको बैठक स्थगित
सूचना टाँस्दै प्रतिनिधिसभाको बैठक स्थगित
सुदनको टोली प्रहरी प्रशासनतर्फ, जेन–जी मुभमेन्ट अलायन्स अख्तियार प्रमुख राईको राजीनामा माग्न पुग्यो टंगाल
सुदनको टोली प्रहरी प्रशासनतर्फ, जेन–जी मुभमेन्ट अलायन्स अख्तियार प्रमुख राईको राजीनामा माग्न पुग्यो टंगाल
कस्तो रहला शुक्रबार देशभरको मौसम?
प्रचण्ड भारत भ्रमणमा निस्कनुअघि बालुवाटारमा गठबन्धनको बैठक
प्रचण्ड भारत भ्रमणमा निस्कनुअघि बालुवाटारमा गठबन्धनको बैठक
आइभरिकोष्टका उपराष्ट्रपति भन्छन्ः–बुद्ध त नेपालमा पो जन्मिएका रहेछन्
आइभरिकोष्टका उपराष्ट्रपति भन्छन्ः–बुद्ध त नेपालमा पो जन्मिएका रहेछन्
श्रीयन्त्र पुज्दै सर्वोच्चमा दिनभर स्वस्तिशान्ति
श्रीयन्त्र पुज्दै सर्वोच्चमा दिनभर स्वस्तिशान्ति

तपाईंले छुटाउनुभयो कि?