तराईमा शीतलहर, जनजीवन प्रभावित

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
२५ पटक हेरिएको
Shares
तराईमा शीतलहर, जनजीवन प्रभावित

सारांश

  • काठमाडौं, ४ पुस ।
  • देशभर चिसो बढेसंगै तराईका जिल्लाहरुमा शीतलहर सुरु भएको छ ।
  • हुस्सु र चिसो हावाका कारण तराईमा जनजीवन प्रभावित भएको छ ।

काठमाडौं, ४ पुस । देशभर चिसो बढेसंगै तराईका जिल्लाहरुमा शीतलहर सुरु भएको छ । हुस्सु र चिसो हावाका कारण तराईमा जनजीवन प्रभावित भएको छ ।

एक्कासी बढेको चिसोका कारण श्वास प्रश्वासको समस्या भएका विरामीको संख्यासमेत बढेको अस्पतालहरुले जनाएका छन् । चिसोका कारण श्वासप्रश्वासको समस्या लिएर अस्पतालमा आउनेहरुको संख्या बढेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जले जनाएको छ ।

चिसोबाट बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । चिकित्सकहरुले चिसोबाट बच्न न्यानो कपडा लगाउन र तातो झोलिलो पदार्थ खान सुझाव दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?