भन्सार छली ल्याइएको कार भन्सारकै जिम्मा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २९, २०७५
|
|
३० पटक हेरिएको
Shares
भन्सार छली ल्याइएको कार भन्सारकै जिम्मा

सारांश

  • उदयपुर २९,चैत।
  • उदयपुरमा भन्सार छलेर नेपाल ल्याएका एक कारलाई भन्सार कार्यालयको जिम्मा लगाईएको छ ।
  • NL063114 भारतीय नम्वर प्लेट भएको रातो रङको जेडइ हुन्डाई लेखिएको सेन्ट्रो कार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरले भन्सारको जिम्मा लगाएको हो ।

उदयपुर २९,चैत। उदयपुरमा भन्सार छलेर नेपाल ल्याएका एक कारलाई भन्सार कार्यालयको जिम्मा लगाईएको छ । NL063114 भारतीय नम्वर प्लेट भएको रातो रङको जेडइ हुन्डाई लेखिएको सेन्ट्रो कार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरले भन्सारको जिम्मा लगाएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक मधुकमार थापाका अनुसार गएको सोमबार गाईघाट कदमाहा सडक खण्डको त्रियुगा नगरपालिका लालपत्ताबाट ल्याएको बताए । ‘बेवारिसे अवस्थामा सडकमा बरामद गरिएको थियो’, उनले भने, ‘प्रहरी कार्यालयमा कारको धनी हालसम्म सम्पर्कमा नआएको र अनुसन्धान गर्दा उक्त कार भन्सार छली चोरी निकासी गरी ल्याएको पाइयो ।’ उनले कार गाडी आवश्यक कारवाहीको लागि बिहीबार भन्सार कार्यालय सेतुबन्धु कोशी ब्यारेज सुनसरी पठाइएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?