आजदेखि नेपाली नयाँ वर्ष २०७६ शुरु, के छ तपाइँको संकल्प!

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १, २०७६
|
|
२७ पटक हेरिएको
Shares
आजदेखि नेपाली नयाँ वर्ष २०७६ शुरु, के छ तपाइँको संकल्प!

सारांश

  • काठमाडौं ।
  • आजदेखि नेपाली नयाँ वर्ष २०७६ साल शुरु भएको छ ।
  • २०७५ सालको विदाइ गरी नेपालीले हर्षोल्लासका  साथ नयाँ वर्ष मनाउँदैछन् ।

काठमाडौं । आजदेखि नेपाली नयाँ वर्ष २०७६ साल शुरु भएको छ । २०७५ सालको विदाइ गरी नेपालीले हर्षोल्लासका  साथ नयाँ वर्ष मनाउँदैछन् । नयाँ वर्षमा नयाँ संकल्पसहित एकले अर्कोलाई शुभकामना दिंदै मनाउँदैछन् । पोखरा, चितवन जस्ता पर्यटकीय स्थानमा नेपालीले नयाँ वर्ष भव्य बनाउँदैछन् ।

यसै बीचमा राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राष्ट्रिय सङ्कल्पको रूपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा लक्ष्य प्राप्त गर्न २०७६ साल महत्वका साथ अगाडि बढ्ने विश्वास व्यक्त गरेकी छिन् ।

नयाँ वर्ष, २०७६ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै ठूलो संघर्षबाट मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा थप ऊर्जा प्रदान गरोस् भन्ने कामना भएको छ ।

“मलाई विश्वास छ, नेपाल र नेपालीको दृढ सङ्कल्प साकार तुल्याउने अभियानमा हामीलाई माया गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय जगतको साथ र सहयोग हामीले पाउने नै छौँ” सन्देशमा उल्लेख छ ।

यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्षको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै २०७६ साल आर्थिक, सामाजिक रुपान्तरणसहितको विकास र समृद्धिका लागि छलाङ हान्ने वर्ष हुने विश्वास व्यक्त गरेका छन् ।

“नेपाली जनताको लामो सङ्घर्षपछि प्राप्त गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था राजनीतिक उपलब्धिलाई सुदृढ गर्दै मुलुकलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउनु सबै नेपालीको कर्तव्य हो” सन्देशमा उल्लेख  छ, “हाम्रो राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउँदै राष्ट्रिय एकतालाई सुदृढ गरेर अगाडि बढ्नुपर्छ ।”

त्यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै नयाँ वर्षले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन हामी सबैलाई प्रेरणा प्रदान गर्ने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?