विमान दुर्घटनामा ज्यान गुमाएका प्रहरीप्रति दुःख व्यक्त
सारांश
- काठमाडौँ, ३ वैशाख ।
- नेपाल प्रहरीले लुक्ला दुर्घटनामा ज्यान गुमाएका राष्ट्रसेवक प्रहरी कर्मचारीप्रति दुःख व्यक्त गरेको छ ।
- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यही वैशाख १ गते सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको विमान दुर्घटनामा परी कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्नुभएका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।
काठमाडौँ, ३ वैशाख । नेपाल प्रहरीले लुक्ला दुर्घटनामा ज्यान गुमाएका राष्ट्रसेवक प्रहरी कर्मचारीप्रति दुःख व्यक्त गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यही वैशाख १ गते सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको विमान दुर्घटनामा परी कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्नुभएका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।
महानिरीक्षक खनालले दुःखको घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारणा गर्नसक्ने क्षमता प्राप्त होस् भन्दै समवेदना व्यक्त गर्नुभएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया