यसरि बढाए गोर्खा शैनिकले नेपालको इज्जत !

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २८, २०७५
|
|
३० पटक हेरिएको
Shares
यसरि बढाए गोर्खा शैनिकले नेपालको इज्जत !

सारांश

  • काठमाडाै, २८ जेठ ।
  •   उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सिंगापुर पुगेका छन् ।
  • किम पनि सिंगापुरमै छन् ।

काठमाडाै, २८ जेठ ।  उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सिंगापुर पुगेका छन् । किम पनि सिंगापुरमै छन् ।

दुई नेताबीच मंगलबार (भोलि )एक होटलमा ऐतिहासिक वार्ता हुनेछ । ट्रम्प र किमबीचको भेटवार्तालाई विश्वले नै प्रतिक्षा गरिरहेको छ ।

कुटनीतिज्ञ डा। शंकर शर्माले ट्रम्प र किमबीचको भेटले अब उत्तर कोरिया पनि हातहतियार र युद्धको राजनीतिबाट टाढा हुन खोजेको सन्देश दिने बताएका छन् ।

“विश्वमा शान्ति स्थापनाका लागि उत्तर कोरिया मात्रै बाधाको रुपमा देखा परेको थियो । किनकी उत्तर कोरिया अरु कसैको कुरा नसुनि आफैँ न्युक्लियर बम बनाउन काममा लागिरहेको थियो । तर अब भने शान्ति चाहेको हो कि भन्ने देखिन्छ ।”

यसअघि अमेरिका र उत्तर कोरियाबीच आरोप प्रत्यारोप भइरहेको थियो । एकले अर्कालाई आक्रमण गर्ने चेतावनी बारम्बार दिएका थिए । जसका कारण विश्व नै त्रसित बनेको अवस्था थियो । तर अहिले दुवै देशका नेतृत्वकर्ताबीच भेटवार्ता हुँदा सम्बन्ध सुधारको अपेक्षा गरिएको छ ।

ट्रम्प र किमबीचको वार्ता स्थल वरपर गोर्खा प्रहरीले सुरक्षा दिनेछन् । सबैभन्दा बढि सुरक्षा दिनुपर्ने ठाउँहरुमा गोर्खा प्रहरी खटाइनुले नेपाल र नेपालीको पनि इज्जत बढेको शर्माको तर्क छ ।

दुवै नेताहरूले आ–आफ्नै सुरक्षाकर्मीहरू ल्याउने भए पनि सिंगापुर प्रहरीको गोर्खा टुकडीले वार्तास्थल, दुई नेता बस्ने होटल, उनीहरू हिँड्ने सडकलगायत स्थानमा सुरक्षा दिनेछन् ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Pushpa Jung Rai

    dum hunuparyo

    Comment Author

    Indra Gurung

    True

    Comment Author

    Rewati Shrestha

    nepal ka chai taskari jyanmara fataha ghusakhauri jasta bhayar desh ko bijeta gare bidesh ma bhayaka le chai dherai ijyata rakhi diyaka chhan

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?