सुनको टुक्रा भन्दै १९ लाखमा फलामको टुक्रा दिएपछि…

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ४, २०७६
|
|
३५ पटक हेरिएको
Shares
सुनको टुक्रा भन्दै १९ लाखमा फलामको टुक्रा दिएपछि…

सारांश

  • काठमाडौं ।
  • सामाखुसी रानिवारी बस्ने राजेश विकले सस्तोमा दिएको भन्दै आधा किलो सुन १९ लाख रुपैयाँमा किने ।
  • उनले खरिद गरेको सुन फलाम पो परेछ ।

काठमाडौं । सामाखुसी रानिवारी बस्ने राजेश विकले सस्तोमा दिएको भन्दै आधा किलो सुन १९ लाख रुपैयाँमा किने । उनले खरिद गरेको सुन फलाम पो परेछ ।

त्यस लगत्तै उनले महानगरीय प्रहरी परिसर काठमाडौमा खबर गरेका थिए । सुनको टुक्रा भन्दै फलामको टुक्रा दिएर १९ लाख लुटने ४ जनालाई सुन्धाराबाट प्रहरीले पक्राउ गरेको छ । नुवाकोट दुप्चेश्वर गाउँपालिका ६ का ३३ वर्षीय पूर्णबहादुर तामाङ, काभ्रे चौरी देउराली गाउँपालिका ३ का २६ वर्षीय चन्द्रबहादुर श्रेष्ठ, २१ वर्षीय प्रविन श्रेष्ठ र १९ वर्षीय सुवास श्रेष्ठलाई पक्रेको हो ।

काठमाडौका विभिन्न स्थानमा सुनको टुक्रा भन्दै फलामको टुक्रा दिई ठगेको भन्ने गुनासो आएपछि प्रहरीले खोजतलास गरेको थियो । सस्तो भन्दै खरिद गरेको सुन फलाम भेटिएपछि प्रहरीको विशेष टोलीले खोजी गर्ने क्रममा पक्राउ गरेको हो ।

ठगी गरेको रकम मध्ये चारजनाले बाँडेका थिए । पक्राउ पर्नेहरुको साथबाट नगद ७० हजार रुपैयाँ नगद बरामद गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?