हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०८०
|
|
४० पटक हेरिएको
Shares
हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु

सारांश

  • मकवानपुर ।
  • करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ ।
  • आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उक्त उद्योगले जनाएको छ ।

मकवानपुर । करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उक्त उद्योगले जनाएको छ ।

बिग्रिएका उपकरण मर्मतसम्हार र थप उपकरण जडान गरी गरिएपछि उत्पादन सुरु गरिएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले राससलाई बताए ।

हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणले दिँदै आएको विद्युत आपूर्ति करिब आधाघण्टा अवरुद्ध हुँदा उत्पादन कार्यलाई नियमित राख्न कठिनाइ भएको उनले जानकारी दिए । उक्त उद्योगमा विद्युत् आपूर्तिको लागि छुट्टै फिडर जडान गरिए पनि आपूर्ति पटक–पटक अवरुद्ध हुँदा उत्पादन कार्यमा निकै समस्या भोग्नु परेकाले प्राधिकरणसँग नियमित विद्युत् आपूर्ति गर्न पत्राचार भइरहेको पनि महाप्रबन्धक कर्णले बताए ।

नेपाल सरकारको स्वामित्वमा रहेको सो उद्योग करिब चार दशक पुरानो हुँदै जाँदा सबै उपकरण पनि जीर्ण हुँदै गएकाले उत्पादन क्षमतामा कमी आएको उल्लेख गरिएकोे छ । साविक क्षमताअनुसार दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य भए पनि अहिले दैनिक दस हजार बोरा मात्रै सिमेन्ट उत्पादन भएको उद्योग व्यवस्थापनले जनाएको छ ।

तत्कालीन श्री ५ को सरकारले विसं २०३३ मा हेटौँडामा स्थापना गरेको उक्त उद्योगले २०४३ साल मङ्सिर २६ गतेदेखि व्यावसायिक उत्पादन गर्दै आएको थियो ।रु एक अर्ब ५० करोडको लगानीमा स्थापना गरिएको सो उद्योगले अहिले विभिन्न सहरमा दैनिक चार हजारदेखि पाँच हजार बोरासम्म मात्र सिमेन्ट बिक्रीवितरण भइरहेकाले पर्याप्त सिमेन्ट बिक्रीवितरण हुन नसक्दा निकै आर्थिक भार व्यहोर्न परेको उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीयको माग पूरा गरेर मात्रै मेलम्चीको पानी लैजान दिनेः सांसद तामाङ
स्थानीयको माग पूरा गरेर मात्रै मेलम्चीको पानी लैजान दिनेः सांसद तामाङ
परिवार पोखरामा पारस एक्लै चितवनतिर
परिवार पोखरामा पारस एक्लै चितवनतिर
भागबण्डा मिलाउन सत्तागठबन्धनको ‘निर्णायक’ बैठक आज
भागबण्डा मिलाउन सत्तागठबन्धनको ‘निर्णायक’ बैठक आज
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर सुधार
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर सुधार
सत्तामा बसेसर बदनामी कमाएपछि कांग्रेस–माओवादी गठबन्धनले चुनावमा मतदातालाई बाँड्न राज्यकोषबाट ८ अर्व ७१ करोड रुपैयाँ  गाउँमा पठाएका छन्
सत्तामा बसेसर बदनामी कमाएपछि कांग्रेस–माओवादी गठबन्धनले चुनावमा मतदातालाई बाँड्न राज्यकोषबाट ८ अर्व ७१ करोड रुपैयाँ गाउँमा पठाएका छन्
स्थानीय तह निर्वाचन २०७९ः देशभर मतदान सुरु
स्थानीय तह निर्वाचन २०७९ः देशभर मतदान सुरु
जब प्रधानमन्त्री ओलीले हाँसिरहेकी महिलाको चित्र कोरे….
जब प्रधानमन्त्री ओलीले हाँसिरहेकी महिलाको चित्र कोरे….
मनमा लागेका र देखेका कुरा बोल्न हिच्किचाउदैनन् बस्नेत (हेर्नुहोस भिडियोसहित )
मनमा लागेका र देखेका कुरा बोल्न हिच्किचाउदैनन् बस्नेत (हेर्नुहोस भिडियोसहित )
सुनको मूल्य स्थिर
सुनको मूल्य स्थिर
काठमाण्डौ महानगरपालिका गैरजिम्मेवार कि लाचार ?
काठमाण्डौ महानगरपालिका गैरजिम्मेवार कि लाचार ?