पार्टीको घोषणा पत्रअनुसार काम गर्छौँ : मन्त्री पोखरेल

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ५, २०७५
|
|
१८ पटक हेरिएको
Shares
पार्टीको घोषणा पत्रअनुसार काम गर्छौँ : मन्त्री पोखरेल

सारांश

  • गाईघाट ५,फागुन।
  •  उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा निर्वाचनमा प्रस्तुत नेपाल कम्यूनिष्ट पार्टीको घोषणा पत्रअनुसार काम गरिरहेको बताएका छन् ।
  • आज आइतबार उदयपुर जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्दै उनले पार्टीको घोषणा पत्रमा उल्लेख भएअनुसार शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा काम गरिरहेको बताएका हुन् ।

गाईघाट ५,फागुन। उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा निर्वाचनमा प्रस्तुत नेपाल कम्यूनिष्ट पार्टीको घोषणा पत्रअनुसार काम गरिरहेको बताएका छन् ।

आज आइतबार उदयपुर जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्दै उनले पार्टीको घोषणा पत्रमा उल्लेख भएअनुसार शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा काम गरिरहेको बताएका हुन् ।

उनले पाँच वर्षभित्र के के काम गर्ने भन्ने कार्य योजना तयार गरेर सरकार अगाडि बढिरहेको बताए । निर्वाचनमा प्रस्तुत घोषणापत्रकै आधारमा जनताले नेपाल कम्युनिस्ट पार्टीलाई झन्डै दुईतिहाई मत दिएकाले त्यसको कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएको उनले बताए ।

पाँच वर्षभित्र सामाजिक सुरक्षा भत्ता मासिक पाँच हजार बनाउने नेकपाको घोषणा पत्रअनुसार काम गर्न प्रतिबद्ध रहेको मन्त्री पोखरेलले बताए ।

उपप्रधानमन्त्री पोखरेलले भने,‘ कानुन निर्माण गर्ने र सङ्घ, प्रदेश र स्थानीय तहकोबीचमा समन्वय गर्दै तीनओटै निकायलाई सफल बनाउने सरकारको अभिभारा छ । वर्तमान सरकारले कानुन निर्माण गर्ने काम समयमै सम्पन्न गरी केन्द्र, प्रदेश र स्थानीय तहलाई बलियो बनाएर संघीयतालाई पूर्ण कार्यान्वयनमा लैजाने उनले बताए ।

उदयपुर देशको ४८ औं र प्रदेश नं १ को १० औं साक्षर जिल्ला घोषित भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?