व्यक्तिगत रुपमा हतियार राख्नेहरु बढे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ५, २०७६
|
|
३२ पटक हेरिएको
Shares
व्यक्तिगत रुपमा हतियार राख्नेहरु बढे

सारांश

  • काठमाडौं ।
  • नेपालमा व्यक्तिगत रुपमा हतियार राख्नेहरु बढेका छन् ।
  • काठमाडौंमा १३ हजार जनाले लाइसेन्स लिएर व्यक्तिगत रुपमा हतियार राखेको भेटिएको छ ।

काठमाडौं । नेपालमा व्यक्तिगत रुपमा हतियार राख्नेहरु बढेका छन् । काठमाडौंमा १३ हजार जनाले लाइसेन्स लिएर व्यक्तिगत रुपमा हतियार राखेको भेटिएको छ ।

देशभर गरी ३५ हजारको हाराहारीमा हतियारको लाइसेन्स वितरण भएको अनुमान छ । लाइसेन्स लिएर कुनै पनि व्यक्तिले पेस्तोल, बन्दुक राख्न पाउने व्यवस्था छ ।

लाइसेन्स नै लिएर कानुनी रुपमा ती हतियार राखिएको हो । सरकारलाई भने हतियार राख्नका लागि नवीकरण गरेको वा नगरेको र र कुन कुन व्यक्तिसँग छ भन्ने जानकारी छैन । सरकारले १० वर्षसम्म निजी हतियारको लगत संकलन गर्न सकेको छैन ।

हतियार नवीकरण जुनसुकै जिल्लाबाट गर्न सकिन्छ । सरकारलाई जानकारी नहुँदा हतियारबारे प्रशासनलाई जानकारी नहुँदा अवैध रूपमा हतियार राख्ने बढेको अनुमान छ । लाइसेन्ससहित हतियार राख्नेको तथ्यांक लिन थालिएको गृह मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?