जिपको झ्यालबाट टाउको निकाल्दा एक युवतीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १७, २०७६
|
|
३५ पटक हेरिएको
Shares
जिपको झ्यालबाट टाउको निकाल्दा एक युवतीको मृत्यु

सारांश

  • काठमाडौं ।
  • अर्घाखाँचीमा सोमवार साँझ जिपको झ्यालबाट टाउको निकालेका कारण एक युवतीको मृत्यु भएको छ ।
  • अर्घाखाँचीको जुकेना ६ फुर्सामाटा देउरालीमा सोमबार साँझ जीप दुर्घटना भएको हो ।

काठमाडौं । अर्घाखाँचीमा सोमवार साँझ जिपको झ्यालबाट टाउको निकालेका कारण एक युवतीको मृत्यु भएको छ ।

अर्घाखाँचीको जुकेना ६ फुर्सामाटा देउरालीमा सोमबार साँझ जीप दुर्घटना भएको हो । ठाडाबाट प्युठानको कोल्बोटतर्फ आउदै गरेको ग १ ज ४८७६ नम्बरको जिप दुर्घटनामा १८ बर्षीय एक युवतीको मृत्यु भएको हो ।

कपिलवस्तु शिबराज ५ चन्द्रौटाका सीता उपाध्याय रहेकी छन्। उपाध्यायले जिपको झ्यालवाट टाउको बाहिर निकालेका कारण च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते भएकी उपाध्यायको उपचारको लागि बुटवल तर्फ लैजादै गर्दा बाटो मै मृत्यु भएको हो । जीप उकालो सडकमा एक्कासी ब्रेक फेल भएर अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?