म्हपूजा कात्तिक १२ मा गर्ने मंका खलको निर्णय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ७, २०७६
|
|
२० पटक हेरिएको
Shares
म्हपूजा कात्तिक १२ मा गर्ने मंका खलको निर्णय

सारांश

  • नेपाल भाषा मंका खलले नेपाल संवत् अनुसारको नयाँ वर्षको प्रथम दिन कछलाथ्व प्रतिपदाका दिन नै म्हपूजा मनाउने निर्णय गरेको छ ।
  • खलका सचिव नरेशवीर शाक्यले जारी गरेको विज्ञप्तिमा आगामी कात्तिक १२ गते कछलाथ्व प्रतिपदाका दिन नेपाल संवत् ११४० तथा म्हपूजा मनाउने निर्णय गरेको जनाएको छ ।
  • त्यस्तै कात्तिक ११ गते कौलागा औँशीका दिन लक्ष्मी पूजा तथा कछलाथ्व द्वितीयाका दिन कात्तिक १३ गते बुधबार भाइटीका गर्ने निर्णय पनि गरेको छ ।

नेपाल भाषा मंका खलले नेपाल संवत् अनुसारको नयाँ वर्षको प्रथम दिन कछलाथ्व प्रतिपदाका दिन नै म्हपूजा मनाउने निर्णय गरेको छ । खलका सचिव नरेशवीर शाक्यले जारी गरेको विज्ञप्तिमा आगामी कात्तिक १२ गते कछलाथ्व प्रतिपदाका दिन नेपाल संवत् ११४० तथा म्हपूजा मनाउने निर्णय गरेको जनाएको छ ।त्यस्तै कात्तिक ११ गते कौलागा औँशीका दिन लक्ष्मी पूजा तथा कछलाथ्व द्वितीयाका दिन कात्तिक १३ गते बुधबार भाइटीका गर्ने निर्णय पनि गरेको छ ।

सो अनुसार चाडपर्व मनाउन नेवार समुदायलाई आग्रह गरेको छ । शताब्दी पुरुष सत्यमोहन जोशीले पञ्चाङ्ग निर्णायक समितिलाई तिथिको गणितमात्र नभई परम्परादेखि चल्दै आएको व्यवहारलाई पनि ध्यान दिन आग्रह गर्नुभयो । प्राध्यापक डा त्रिरत्न मानन्धरले तिथिमा आधारित परम्परा व्यवहारमा लागू गर्ने उपाय स्पष्ट रहेको बताउनुभयो ।

धर्मोदय सभाका अध्यक्ष यज्ञमानपति बज्राचार्यले नेवार समुदायमा लक्ष्मीपूजा, म्हपूजा तथा किजापूजा तीन दिन मनाउने चलन परम्परागत संस्कृति रहेको बताउँदै सोअनुसार स्वन्तिपर्व मनाउनुपर्ने बताउनुभयो । नेपाल संवत् सदा कछलाथ्व प्रतिपदाका दिन परिवर्तन हुने र यसै दिन नेवारले म्हपूजा गर्ने चलन सयौँ वर्षदेखि व्यवहारमा रहँदै आएको छ । खलले नेपाल सरकारले पनि सोहीअनुसार बिदा दिन माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसीसी यू-१९ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा : कप्तान दिपेन्द्रसिंह
एसीसी यू-१९ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा : कप्तान दिपेन्द्रसिंह
बुटवलमा पत्रकार धमला सम्मानित, नेपाली पत्रकारिताको नायकको संज्ञा
बुटवलमा पत्रकार धमला सम्मानित, नेपाली पत्रकारिताको नायकको संज्ञा
त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदनमा के छ ?
त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदनमा के छ ?
कालीगण्डकीको अस्तित्वलाई बचाउन राम्दी मालुङ्गादेखि पुट्टारघाट सम्म जलयात्रा
कालीगण्डकीको अस्तित्वलाई बचाउन राम्दी मालुङ्गादेखि पुट्टारघाट सम्म जलयात्रा
अर्थ समाचार : मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी प्रसारण लाइन सञ्चालन
अर्थ समाचार : मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी प्रसारण लाइन सञ्चालन
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौँमा मंगलवार ३९६ जना कोरोना संक्रमित थपिए
​धादिङमा टिपर दुर्घटना, तीनको मृत्यु
​धादिङमा टिपर दुर्घटना, तीनको मृत्यु
देउवा सरकारद्वारा अर्बौ भ्रष्टाचारः अर्थमन्त्री डा. खतिवडा
देउवा सरकारद्वारा अर्बौ भ्रष्टाचारः अर्थमन्त्री डा. खतिवडा
बुद्ध मूर्ति सफा गर्दा करेण्ट लागेर मृत्यु
बुद्ध मूर्ति सफा गर्दा करेण्ट लागेर मृत्यु

तपाईंले छुटाउनुभयो कि?