मोटरसाइकल चोर्नमा संलग्न ५ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ६, २०७६
|
|
२९ पटक हेरिएको
Shares
मोटरसाइकल चोर्नमा संलग्न ५ जना पक्राउ

सारांश

  • काठमाडौं ।
  • धनुषाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जनालाई पक्राउ गरिएको छ ।
  • मोटरसाइकल चोरीमा संलग्न रहेका धनुषा जनकपुर उपमहानगरपालिकाका असलम राईन, दिपकुमार महतो, संजिवकुमार साह, अरविन्द कुमार साह र हसिबुल नदाफलाई प्रहरीले पक्रेको हो ।

काठमाडौं । धनुषाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जनालाई पक्राउ गरिएको छ । मोटरसाइकल चोरीमा संलग्न रहेका धनुषा जनकपुर उपमहानगरपालिकाका असलम राईन, दिपकुमार महतो, संजिवकुमार साह, अरविन्द कुमार साह र हसिबुल नदाफलाई प्रहरीले पक्रेको हो ।

उनीहरुले चोरेको ज९ प ४६१८, ज१ प ८२ ९५, ना ३५ प ५९२०, बा७८ प ११८४, ज१३ प १५१७ र ज११ प ६०८९ नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरिएको हो ।

केही समयदेखि धनुषाका बिभिन्न स्थानहरुबाट मोटरसाइकल हराएको जनगुनासो र उजुरी बढेपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मातहतका प्रहरी कार्यालयबाट छुट्टाछुट्टै प्रहरी परिचालन गरिएको थियो ।

उनीहरुलाई बिभिन्न स्थानबाट चोरी गरिएका मोटरसाइकल सहित फेला पारी पक्राउ गर्न सफल भएको हो । पक्राउ परेकाहरुलाई चोरी शीर्षक मुद्दामा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?