धार्मिक आवरणमा हिंसा गर्नेहरु कारवाहीको दायरामा आउने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २७, २०७४
|
|
५१ पटक हेरिएको
Shares
धार्मिक आवरणमा हिंसा गर्नेहरु कारवाहीको दायरामा आउने

सारांश

  • काठमाडौँ, २७ चैत ।
  • गृहमन्त्री रामबहादुर थापाले पछिल्ला दिनमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएकाले तिनलाई सरकारले कारवाहीको दायरामा ल्याउने स्पष्ट पार्नुभएको छ ।
  • गत आइतबार विराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोली प्रहारको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज मन्त्रालयमा ४८ धार्मिक संघसंस्थाका तर्फबाट ज्ञापनपत्र बुझाउन आएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री थापाले घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परिसकेको र अन्यबारे खोजवीन जारी रहेको बताउनुभयो ।

काठमाडौँ, २७ चैत । गृहमन्त्री रामबहादुर थापाले पछिल्ला दिनमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएकाले तिनलाई सरकारले कारवाहीको दायरामा ल्याउने स्पष्ट पार्नुभएको छ ।

गत आइतबार विराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोली प्रहारको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज मन्त्रालयमा ४८ धार्मिक संघसंस्थाका तर्फबाट ज्ञापनपत्र बुझाउन आएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री थापाले घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परिसकेको र अन्यबारे खोजवीन जारी रहेको बताउनुभयो ।

सो घटनाले आफूलाई दुखित तुल्याएको छ भन्दै गृहमन्त्रीले घटनामा संलग्नको पहिचान गरी कारवाहीको दायरामा ल्याउन आफूले सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘जातीयता र धर्मका नाममा सबैलाई जुधाएर देशलाई अस्थिरतातर्फ लैजान केही तत्व सक्रिय भएका छन्, उनीहरुलाई कारवाहीको दायरामा ल्याइनेछ ।’’

प्रतिनिधिमण्डलको मागबमोजिम घाइते आचार्यको उपचारको खर्च सरकारले व्यहोर्न आवश्यक प्रक्रिया अगाडि बढाइने समेत उहाँले बताउनुभयो । प्रतिनिधिमण्डलले घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने, घटनाको छानवीन गर्न आयोग गठन गरिनुपर्ने, सनातन हिन्दूधर्म र धर्मावलाम्बीमाथिको आक्रमण रोकिनुपर्ने, घाइते आचार्यको उपार खर्च सरकारले व्यहोर्नुपर्ने लगायत माग राखेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइतबारको राशिफल
आइतबारको राशिफल
परराष्ट्रमन्त्रीद्वारा  सामाजिक सञ्जालबाट दोस्रोपटक निर्वाचन खर्चको विवरण सार्वजनिक
परराष्ट्रमन्त्रीद्वारा सामाजिक सञ्जालबाट दोस्रोपटक निर्वाचन खर्चको विवरण सार्वजनिक
सहरी व्यवस्थापनका विषयमा सहयोग गर्न सरकारसँग मेयर बालेन्द्रको आग्रह
सहरी व्यवस्थापनका विषयमा सहयोग गर्न सरकारसँग मेयर बालेन्द्रको आग्रह
राजनीतिक प्रतिशोध साध्न म विरुद्ध नौटंकी हुँदैछ: नवराज सिलवाल
राजनीतिक प्रतिशोध साध्न म विरुद्ध नौटंकी हुँदैछ: नवराज सिलवाल
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
प्रमुख प्रतिपक्षको विरोध र होहल्लाबीच चिकित्सा शिक्षा विधेयक पारित
प्रमुख प्रतिपक्षको विरोध र होहल्लाबीच चिकित्सा शिक्षा विधेयक पारित
प्रचण्डलाई भेट्ने हो ? अब यस्तो आयो प्रचण्डलाई भेट्ने सजिलो तरिका
प्रचण्डलाई भेट्ने हो ? अब यस्तो आयो प्रचण्डलाई भेट्ने सजिलो तरिका
ओलीलाई पछ्याउँदै चारभाइ,जस्ले कटाए अाधालाख’
व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउनुः गृह मन्त्रालय
व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउनुः गृह मन्त्रालय
कांग्रेसभित्र पौडेललाई देखियो आफ्नै समुह सम्हाल्न सकस
कांग्रेसभित्र पौडेललाई देखियो आफ्नै समुह सम्हाल्न सकस