रोकिएन उपभोक्ता ठगी : अनुगमनमाथि अर्को अनुगमनको खाँचो

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ११, २०७६
|
|
३७ पटक हेरिएको
Shares
रोकिएन उपभोक्ता ठगी : अनुगमनमाथि अर्को अनुगमनको खाँचो

सारांश

  • जेठ ११, काठमाण्डौ ।
  • आकाशिँदो बजार मुल्य र गुणस्तरहिन वस्तुको मारमा उपभोक्ताहरु दिनहुँ पिल्सी रहेका छन् ।
  • बजार व्यवस्थापनकालागि सरकारले विभिन्न निकाय र संयन्त्र खडा पनि गरेको छ ।

जेठ ११, काठमाण्डौ । आकाशिँदो बजार मुल्य र गुणस्तरहिन वस्तुको मारमा उपभोक्ताहरु दिनहुँ पिल्सी रहेका छन् । बजार व्यवस्थापनकालागि सरकारले विभिन्न निकाय र संयन्त्र खडा पनि गरेको छ । तर यस्ता संयन्त्र वेकामे र निकम्मा बन्दै गएका छन् । त्यसैले अनुगमन गर्ने निकाय माथि नै अनुगमनको आवश्यकता महसुश हुन थालेको छ ।

बजारमा ठगी बढ्दो छ भने सरकार ठगी धन्दा चलाउनेहरुको संरक्षणकारी बनिरहेको छ । व्यापारीहरुले राजनीतिक र आर्थिक पावर हातमा लिई सरकारका अधिकारीसँग नै मिली उपभोक्तालाई दिनहुँ लुटीरहेका छन् । प्राय सुतिरहने वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग कहिलेकाँही अनुगमनका लागि बजारमा निस्किन्छन् । ति सरकारी निकायले गरेको अनुगमनले बजार र वस्तुको सुधारमा कुनैपनि प्रभाव पारेको छैन ।

अझ गुण नियन्त्रण विभागले त उपभोक्ता स्वयंमले अखाद्य वस्तुको मिसावट रहेको पाईयो भनि स प्रमाण पेश गर्दा पनि दोषीलाई कारबाहीको कुनै पहलै गर्दैन । यसको एउटा बलियो उदाहरण हो पिउने पानीको जारमा झिंगा भेटियो । यस विषयमा गुण नियन्त्रण विभागलाईै जानकारी गराउँदा न अनुगमन भयो, न दोषीलाई कारबाही ।

यसबाट पनि बुझ्न गाह्रो छैन की अनुगमन गर्ने सरकारी निकाय र स्वयंम सरकार व्यापारीसँग काँधमा काँध जोडी लुटको खेती फैलाई राखेको छ । उपभोक्ताको हक र हितकालागि काम गर्ने संस्था कम्जुमर आइ नेपालकी अध्यक्ष विमला खनालका अनुसार पछिल्लो समय त सरकारले उपभोक्ता हितका अभियन्ताहरुलाई पनि अनुगमनमा सहभागि नै नगराउने कन्जुमर आइ नेपालकी अध्यक्ष विमला खनाल बताउँछिन् ।

अनुगमनका नाममा नागरिकको आँखामा धुलो छर्ने सरकारी अधिकारीहरुले अनुगमनकै नाम बेचेर नागरिकले रगत पसिना बगाएर तिरेको करको करोडौँ रुपैयाँ खाईरहेका छन् । अनुगमनमा जाने तर ठग व्यापारीसँग पैसाको सेटिङ मिलाउदै विभिन्न वाहानवाजी गरी करबाहीबाट उन्मुक्ति दिलाउने काम अनुगन गर्ने निकायका अधिकारीले नै गरिरहेका छन् ।

त्यसैले नागरिकका आँखा छल्ने अनुगमनलाई रोक्न अब अनुगमन गर्ने निकाय माथि नै कडा अनुगमनको आवश्यकता देखिन्छ ।

तस्विर : थाहाखबर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः उच्च पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना
आजको मौसमः उच्च पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना
विप्लव को बन्दका कारण पुर्बी नेपालको जनजीबन प्रभावित,सुरक्षा व्यवस्थालाई हाईअर्लट
विप्लव को बन्दका कारण पुर्बी नेपालको जनजीबन प्रभावित,सुरक्षा व्यवस्थालाई हाईअर्लट
नेपाल सरकार र अध्यक्ष पुनबीच सहमति
नेपाल सरकार र अध्यक्ष पुनबीच सहमति
म्यादी प्रहरीका लागि चौरमा लिखित परीक्षा
म्यादी प्रहरीका लागि चौरमा लिखित परीक्षा
अबको प्रधानमन्त्री म हो : विश्वप्रकाश शर्मा
अबको प्रधानमन्त्री म हो : विश्वप्रकाश शर्मा
यसरी गरिएको रहेछ दश वर्षसम्म लोडसेडिङ ! अँध्यारोको व्यापार, सानालाई सास्ती र ठूलालाई मस्ती !
यसरी गरिएको रहेछ दश वर्षसम्म लोडसेडिङ ! अँध्यारोको व्यापार, सानालाई सास्ती र ठूलालाई मस्ती !
बाम गठबन्धनभन्दा बाहिर गएर आफू प्रधानमन्त्री बन्ने कुरा सोच्न पनि नसकिने : प्रचण्ड
बाम गठबन्धनभन्दा बाहिर गएर आफू प्रधानमन्त्री बन्ने कुरा सोच्न पनि नसकिने : प्रचण्ड
विजय उत्सव मनाउदै झापामा अाेली चितवनमा प्रचण्ड
विजय उत्सव मनाउदै झापामा अाेली चितवनमा प्रचण्ड
बल्झिदै सीमा विवाद, बंकर बनाउँदै चीन अनि गस्ती बढाउँदै भारत
बल्झिदै सीमा विवाद, बंकर बनाउँदै चीन अनि गस्ती बढाउँदै भारत
श्रीनिवासले  ज्ञानेन्द्र शाहलाइ भनेका थिए ‘धर्म जोगाउन मुस्किल भयो सरकार !’
श्रीनिवासले ज्ञानेन्द्र शाहलाइ भनेका थिए ‘धर्म जोगाउन मुस्किल भयो सरकार !’

तपाईंले छुटाउनुभयो कि?