सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट: मनीषा कोइराला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ६, २०७६
|
|
२८ पटक हेरिएको
Shares
सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट: मनीषा कोइराला

सारांश

  • काठमाडौँ, ६ वैशाख ।
  • बलिउडमा चर्चित नेपाली नायिका मनीषा कोइरालाले सर्वोच्च शिखर सगरमाथाको आधार शिविर ‘एभरेष्ट बेसक्याम्प’ विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य भएको बताउनुभएको छ ।
  • बेस क्याम्पसम्मको पदयात्रा सकेर फर्किएकी नायिका कोइरालाले बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा यात्राको अनुभव सुनाउँदै आफ्नो बालापनको इच्छा पूरा भएको बताउनुभयो ।

काठमाडौँ, ६ वैशाख । बलिउडमा चर्चित नेपाली नायिका मनीषा कोइरालाले सर्वोच्च शिखर सगरमाथाको आधार शिविर ‘एभरेष्ट बेसक्याम्प’ विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य भएको बताउनुभएको छ । बेस क्याम्पसम्मको पदयात्रा सकेर फर्किएकी नायिका कोइरालाले बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा यात्राको अनुभव सुनाउँदै आफ्नो बालापनको इच्छा पूरा भएको बताउनुभयो ।

क्यान्सर निको भएपछि यात्रामा निस्किएकी नायिका मनीषाले अब अन्नपूर्ण र मनास्लु क्षेत्रमा पदयात्रा जाने इच्छा रहेको बताउनुभयो । नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नायिका कोइराला पदयात्रामा जानुभएको थियो । उहाँले एभरेष्ट बेस क्याम्पको वृत्तचित्रसमेत निर्माण गर्ने जानकारी दिनुभयो ।

उक्त वृत्तचित्रले बेस क्याम्पको सुन्दरता विश्वभर पुग्ने र नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । नायिका कोइरालाले बेस क्याम्प क्षेत्रका शेर्पा समुदायको जीवनस्तर सुधारमा राज्यले विशेष चासो राख्नुपर्ने खाँचो औँल्याउनुभयो । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले ‘सेलीब्रेटी’को एभरेष्ट वेसक्याम्प पदयात्राले पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
पार्टी एकताको आश्चर्यजनक नतिजा आउने : प्रवक्ता भुसाल
पार्टी एकताको आश्चर्यजनक नतिजा आउने : प्रवक्ता भुसाल
कानुन देखाउन नभई गल्ती गर्नेले भोग्ने र नगर्नेले बुझ्ने समय आयो : पूर्व न्यायधिस श्रेष्ठ
कानुन देखाउन नभई गल्ती गर्नेले भोग्ने र नगर्नेले बुझ्ने समय आयो : पूर्व न्यायधिस श्रेष्ठ
मानव खप्पर जस्तो देखिने बस्तु सहित पक्राउ
मानव खप्पर जस्तो देखिने बस्तु सहित पक्राउ
तालिबानसँगकाे वार्ता रद्द गर्ने निर्णयले सबैभन्दा बढी अमेरिकालाई घाटा हुने चेतावनी
तालिबानसँगकाे वार्ता रद्द गर्ने निर्णयले सबैभन्दा बढी अमेरिकालाई घाटा हुने चेतावनी
प्रधानन्यायाधीश गोपाल पराजुली एसएलसी पास भएको खुल्यो (हेर्नुहोस् मार्कसिटसहित)
प्रधानन्यायाधीश गोपाल पराजुली एसएलसी पास भएको खुल्यो (हेर्नुहोस् मार्कसिटसहित)
बामदेव गौतमाको सांसद बन्ने सपना चकनाचुर
बामदेव गौतमाको सांसद बन्ने सपना चकनाचुर
“बाडुलीले”दर्सक को मन जित्दै!!
“बाडुलीले”दर्सक को मन जित्दै!!
काठमाडौँको तापक्रम २ डिग्रीमा झर्यो, अझै घट्ने क्रममा
काठमाडौँको तापक्रम २ डिग्रीमा झर्यो, अझै घट्ने क्रममा
भ्रष्टाचारविरुद्ध कलम चलाउन मन्त्री गिरीकाे आग्रह
भ्रष्टाचारविरुद्ध कलम चलाउन मन्त्री गिरीकाे आग्रह

तपाईंले छुटाउनुभयो कि?