चीनसँग जोडिएको तातोपानी नाका जेठभित्र खुल्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १५, २०७६
|
|
२३ पटक हेरिएको
Shares
चीनसँग जोडिएको तातोपानी नाका जेठभित्र खुल्ने

सारांश

  • काठमाडौं ।
  • भूकम्पपछि ठप्प रहेको सिन्धुपाल्चोकको उत्तरी तातोपानी नाका खुल्ने भएको छ ।
  • चार वर्षदेखि बन्द रहेको चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक तातोपानी नाका जेठभित्रै खुल्नेगरी काम भैरहेको छ ।

काठमाडौं । भूकम्पपछि ठप्प रहेको सिन्धुपाल्चोकको उत्तरी तातोपानी नाका खुल्ने भएको छ । चार वर्षदेखि बन्द रहेको चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक तातोपानी नाका जेठभित्रै खुल्नेगरी काम भैरहेको छ ।

उद्योग तथा वाणिज्य मन्त्रालयका अनुसार तातोपानीको लार्चामा बन्दै गरेको अत्याधुनिक सुक्खा बन्दरगाह हस्तान्तरण हुनासाथ नाका सञ्चालनमा आउनेछ।

बन्द नाका व्यापारिक रुपले सञ्चालनमा ल्याउन मन्त्रालयले तयारी थालिसकेको बताइएको छ । बन्दरगाह नेपाललाई हस्तान्तरण हुनासाथ तातोपानी नाका सञ्चालनमा आउनेछ ।

चीन सरकारको सहयोगमा निर्माण अन्तिम चरणमा पुगेको बन्दरगाहभित्र हस्तान्तरण गर्ने जानकारी पठाइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?