अझैँ दुई दिन भिषण वर्षा हुने मौषम विभागको पूर्वाअनुमान, सर्तक रहन आग्रह (बाढीपहिरोको फोटोफिचर)

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २८, २०७४
|
|
१८ पटक हेरिएको
Shares
अझैँ दुई दिन भिषण वर्षा हुने मौषम विभागको पूर्वाअनुमान, सर्तक रहन आग्रह (बाढीपहिरोको फोटोफिचर)

सारांश

  • सुजन पन्त काठमाडौं ।
  • शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण पूर्वसहित देशका अधिकाशं भाग डुबानमा परेका छन् ।
  • पूर्वी र मध्य क्षेत्रका बबई र पश्चिम सेती नदीको आठ स्थानमा उच्च खतराको साइरन बजेको छ ।
  • सुजन पन्त

काठमाडौं । शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण पूर्वसहित देशका अधिकाशं भाग डुबानमा परेका छन् । पूर्वी र मध्य क्षेत्रका बबई र पश्चिम सेती नदीको आठ स्थानमा उच्च खतराको साइरन बजेको छ ।

शनिवार र आइतबार पनि मनसुनी वर्षाको गतिविधि देश भरिनै सक्रिय हुने भएकाले थप सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।

शाखाले आज पनि पूर्वी नेपालमा भारी वर्षा हुने जनाएको छ । पूर्वको झापा, इलाम, सुनसरी, मोरङ, सप्तरी, उदयपुर, धनकुटा, मध्येको रौतहट, सर्लाही, पर्सा, बारा, मकवानपुर, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तुलगायतका क्षेत्रका जलाधारमा पानीको सतहले खतराको तह पार गर्ने चेतावनी दिएको छ ।

पश्चिमको कञ्चनपुर, कैलाली र बर्दियाका चुरे र महाभारतबाट प्रवाह हुने नदीहरुमा पानीको सतह बढ्ने जानकारी दिएको छ । शाखाका अनुसार मेची, निन्दा, बिरिङ, कन्काई, पथरी, त्रियुगा, बुढी खोला, बागमती, पूर्वराप्ती, रिउखोला, विनयखोला, अरुण खोला, तिनाउ, बाणगंगा र पश्चिमका मछेली, मोहना, बबईलगायतका नदी जलाधारमा बेलुकीसम्मै पानीको सतहले खतराको तह पार गर्ने भएकाले सचेत रहन अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?