स्याङ्जा र कास्कीका संस्था स्वास्थ्य बीमामा आबद्ध

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २०, २०७६
|
|
२५ पटक हेरिएको
Shares
स्याङ्जा र कास्कीका संस्था स्वास्थ्य बीमामा आबद्ध

सारांश

  • पोखरा, २० वैशाख ।
  • स्वास्थ्य बीमा कार्यक्रमसँग कास्की र स्याङ्जा जिल्लाका विभिन्न छ सेवा प्रदायक संस्था आबद्ध भएका छन् ।
  • स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक अस्पतालका लागि आयोजित स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणाली विषयक तीनदिने तालीमको समापनका अवसरमा कास्कीको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, नयाँबजारसहितका संस्था सम्झौता गरी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका हुन् ।

पोखरा, २० वैशाख । स्वास्थ्य बीमा कार्यक्रमसँग कास्की र स्याङ्जा जिल्लाका विभिन्न छ सेवा प्रदायक संस्था आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक अस्पतालका लागि आयोजित स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणाली विषयक तीनदिने तालीमको समापनका अवसरमा कास्कीको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, नयाँबजारसहितका संस्था सम्झौता गरी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका हुन् ।

त्यस्तै स्याङ्जा जिल्लाअन्तर्गतका जिल्ला अस्पताल स्याङ्जा, चापाकोट अस्पताल, मालूँगा प्राथमिक स्वास्थ्य केन्द्र, गह्रौ घ्याङ्गलिङ प्राथमिक स्वास्थ्य केन्द्र र पञ्चमुल प्राथमिक स्वास्थ्य केन्द्र सम्झौता गरी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । सम्झौता कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले ती संस्थालाई स्वास्थ्य बीमा बोर्डको सहयोगमा प्रदान गरिएका ल्यापटप हस्तान्तरण गर्नुभएको थियो ।

सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले सेवा प्रदायकलाई स्वास्थ्य बीमा कार्यक्रमको सुविधा प्याकेज पुस्तिका हस्तान्तरण गर्नुभयो । पौडेलले आगामी पाँच वर्षभित्र गण्डकी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा सुधार गर्न स्वास्थ्य बीमा कार्यकर्मलाई सबैले मिलेर सफल बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

महानगर प्रमुख जिसीले संविधानमा उल्लेखित नागरिकका हक अधिकारसँग सम्बन्धित विषयलाई कार्यन्वयनमा जोड दिँदै समाजवादोन्मुख समाज निर्माणका लागि सबैले स्वास्थ्य बीमा गरी समयमै सुरक्षित हुनुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रदेश सरकार, स्थानीय तह र जनताका बीचमा सहकार्य गरी अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले आगामी आर्थिक वर्षसम्म देशका सबै जिल्लामा बीमा कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश संयोजक जीवलाल खरेलले सरकारले सञ्चालन गरेको कार्यक्रमबाट एक नेपालीले अर्को नेपालीलाई सहयोग हुने बताउँदै यस कार्यक्रमबाट बालकदेखि ज्येष्ठ नागरिकलगायत सबैले लाभ लिनसक्ने धारणा राख्नुभयो ।

कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा खिमबहादुर खड्का, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेललगायतले समाजको तल्लो तहसम्म नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि गर्न सबै नागरिक स्वास्थ्य बीमामा आवद्ध हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । आर्थिक अभावका कारण कोही पनि नागरिक स्वास्थ्योपचार सेवाबाट वञ्चित हुन नपरोस् भनेर नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम ल्याएको हो ।

नयाँ व्यवस्थाअनुसार पाँच जनासम्मको परिवारले वार्षिक तीन हजार ५०० प्रिमियम तिरेपछि रु एक लाखसम्मको स्वास्थ्योपचार सुविधा स्वास्थ्य बीमा कार्यक्रममार्फत प्राप्त गर्न सकिन्छ । ७० वर्ष पुगेका ज्येष्ठ नागरिकको रु एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा स्वास्थ्य बीमा बोर्डमार्फत नै हुने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एटलेटिको म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा
एटलेटिको म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा
डिप्रोक्स लघुवित्तको २३ हजार शेयर बिक्रिमा
डिप्रोक्स लघुवित्तको २३ हजार शेयर बिक्रिमा
सप्तकोशीमा पानीको बहाव बढेको बढ्यै, ब्यारेजमा ६ लाख क्यूसेक बहाव मापन
सप्तकोशीमा पानीको बहाव बढेको बढ्यै, ब्यारेजमा ६ लाख क्यूसेक बहाव मापन
संसदमा दर्ता भएका तीनवटा विधेयक फिर्ता लिन सरकारलाई कांग्रेसको चेतावनी
संसदमा दर्ता भएका तीनवटा विधेयक फिर्ता लिन सरकारलाई कांग्रेसको चेतावनी
नेपाली कामदार माग गर्दै जापानद्वारा नेपाल सरकारलार्इ पत्र
नेपाली कामदार माग गर्दै जापानद्वारा नेपाल सरकारलार्इ पत्र
हिमालयन एयरलाइन्सको तेस्रो एयरबस भोलि काठमाडौं आइपुग्ने
हिमालयन एयरलाइन्सको तेस्रो एयरबस भोलि काठमाडौं आइपुग्ने
रिगललाई आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज
रिगललाई आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज
रुपन्देहीमा गोली हानी हत्या, ५ लाख रुपैयाँ लुटियो
रुपन्देहीमा गोली हानी हत्या, ५ लाख रुपैयाँ लुटियो
इलाममा खनाल र नेम्वाङले अग्रता बढाउँदै, क्षेत्रनम्बर २ ‘ख’को मतगणना स्थगित
इलाममा खनाल र नेम्वाङले अग्रता बढाउँदै, क्षेत्रनम्बर २ ‘ख’को मतगणना स्थगित
विकासमा समर्पित हुन प्रधानमन्त्रीको आह्वान
विकासमा समर्पित हुन प्रधानमन्त्रीको आह्वान

तपाईंले छुटाउनुभयो कि?