संसदमा दर्ता भएका तीनवटा विधेयक फिर्ता लिन सरकारलाई कांग्रेसको चेतावनी

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १, २०७६
|
|
२२ पटक हेरिएको
Shares
संसदमा दर्ता भएका तीनवटा विधेयक फिर्ता लिन सरकारलाई कांग्रेसको चेतावनी

सारांश

  • काठमाडौं।
  • सरकारको खबरदारी र पार्टीको संगठन सुदृढिकरणमा सक्रिय प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संविधान प्रतिकूल हुनेगरी ल्याइएका मिडिया, मानव अधिकार र राष्ट्रिय सुरक्षासँग सम्बन्धित तीन वटै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।
  • नेपाली काँग्रेस संसदीय दलको बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले संविधान प्रतिकूल हुने गरी आएका सो तीन वटै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो ।

काठमाडौं। सरकारको खबरदारी र पार्टीको संगठन सुदृढिकरणमा सक्रिय प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संविधान प्रतिकूल हुनेगरी ल्याइएका मिडिया, मानव अधिकार र राष्ट्रिय सुरक्षासँग सम्बन्धित तीन वटै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। नेपाली काँग्रेस संसदीय दलको बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले संविधान प्रतिकूल हुने गरी आएका सो तीन वटै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो ।

संविधानको प्रस्तावना र भावना प्रतिकूल हुनेगरी आएका ती विधेयकहरु तत्काल फिर्ता लिन सरकारसँग माग गर्ने निर्णय गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए। काँग्रेसले सरकारले ल्याएको मिडियासम्बन्धि विधेयकले प्रेस स्वतन्त्रताको हनन् गर्ने, मानव अधिकारसँग सम्बन्धित विधेयकले मानव अधिकारको खिल्ली उठाउने र राष्ट्रिय सुरक्षा परिषदसँग सम्बन्धित विधेयकले नेपाली सेनालाई नै प्रयोजनहिन बनाउने निष्कर्ष निकाल्दै त्यसलाई तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो ।

बैठकले ती विधेयक तत्काल फिर्ता गरेर संसदलाई सहज ढंगले संचालन नगरे सरकारविरुद्ध सडक र सदन दुवैमा संघर्ष चर्काउने चेतावनी पनि दिइएको छ । ती विधेयक तत्काल फिर्ता नभए सरकारविरुद्ध सदन र सडक दुवै ठाउँबाट संघर्ष गर्ने निर्णय पनि गरिएको प्रमुख सचेतक खाँणले बताए। नेपाली काँग्रेसले सरकार निरंकुशताको यात्रामा निरन्तर अघि बढिरहेको आरोप पनि लगाउँदै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभिनेता ऋतिक रोशन र टाइगर श्राफ ‘वार’को प्रचार एकसाथ नगर्ने भएका छन्:यस्तो छ कारण !
अभिनेता ऋतिक रोशन र टाइगर श्राफ ‘वार’को प्रचार एकसाथ नगर्ने भएका छन्:यस्तो छ कारण !
चार बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन सम्पन्न
चार बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन सम्पन्न
अाज २३ औं जनयुद्ध दिवस, पेरिसडाँडासँगै देशभर मनाइँदै
अाज २३ औं जनयुद्ध दिवस, पेरिसडाँडासँगै देशभर मनाइँदै
कसको नयनमा हराइन् प्रशना ? हेरौँ भिडियोसहित
कसको नयनमा हराइन् प्रशना ? हेरौँ भिडियोसहित
द्वन्द्वपीडितलाई रु साढे चार करोड राहत वितरण
द्वन्द्वपीडितलाई रु साढे चार करोड राहत वितरण
खर्च गर्ने क्षमता बढाउनुस् : मन्त्री शर्मा
खर्च गर्ने क्षमता बढाउनुस् : मन्त्री शर्मा
कलम र बोलीबाट त्रसित भएर शेरबहादुर देउवा नेतृत्वको सरकारले कृष्ण सेनलाई कुटी कुटी मार्यो: प्रभात चलाउने
कलम र बोलीबाट त्रसित भएर शेरबहादुर देउवा नेतृत्वको सरकारले कृष्ण सेनलाई कुटी कुटी मार्यो: प्रभात चलाउने
गरिमा धानको नक्कली बीउ पीडितले अझै पाएनन् क्षतिपुर्ति
गरिमा धानको नक्कली बीउ पीडितले अझै पाएनन् क्षतिपुर्ति
अध्ययनविनाको पानी जहाज : ओलीलाई विज्ञले दिए यस्तो चुनौति
अध्ययनविनाको पानी जहाज : ओलीलाई विज्ञले दिए यस्तो चुनौति
सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने
सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने

तपाईंले छुटाउनुभयो कि?