इङलिश प्रिमियर लिगः लिभरपुल फेरि शीर्ष स्थानमा, उपाधि भिडन्त झनै रोचक

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २२, २०७६
|
|
२५ पटक हेरिएको
Shares
इङलिश प्रिमियर लिगः लिभरपुल फेरि शीर्ष स्थानमा, उपाधि भिडन्त झनै रोचक

सारांश

  • काठमाडौँ ।
  • इङलिश प्रिमियर लिगअन्तर्गत लिभरपुलले न्युक्यासल युनाईटेडलाई पराजित गरेको छ ।
  • गएराती सम्पन्न खेलमा लिभरपुलले अन्तिम मिनेटमा गोल गर्दै खेलमा महत्वपूर्ण खेलमा जित हासिल गरेको हो ।

काठमाडौँ । इङलिश प्रिमियर लिगअन्तर्गत लिभरपुलले न्युक्यासल युनाईटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले अन्तिम मिनेटमा गोल गर्दै खेलमा महत्वपूर्ण खेलमा जित हासिल गरेको हो । लिभरपुलले न्युक्यासललाई ३(२ गोल अन्तरले पराजित गरेको हो ।

अत्यन्त प्रतिष्पर्धात्मक खेलमा लिभरपुललाई डिभोक ओरिगीले खेलको ८६औ मिनेटमा निर्णायक गोल गर्दै जित दिलाएका थिए । यसअघि न्युक्यासलका लागि क्रिस्टियन अत्सु र सालोमोन रोनडोनले एक एक गोल गरेका थिए । त्यस्तै लिभरपुलका लागि भान डिजक र मोहमद सलाहले एक एक गोल गरेका थिए ।

यस खेलमा मोहमद सलाह इन्जुरी पछि खेलको ७३औ मिनेटमा मैदान छोडेपछि लिभरपुलको चिन्ता बढेको छ । जितपछि लिभरपुल ३७ खेलमा ९४ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी ९२ अंकसहित दोस्रो स्थानमा रहेको छ । अत्यन्त रोचक बनेको प्रिमियर लिगमा आज म्यानचेस्टर सिटी लेस्टर सिटीसँग खेल्दै छ ।

लिभरपुलले अब अर्को खेल आगामी मंगलबार च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको दोस्रो लिगमा बार्सिलोनासँग आफ्नै घरेलु मैदानमा खेल्दै छ ।ञ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?