देउवा र ओलीबीच बालकोटमा अर्थपूर्ण भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १५, २०८१
|
|
४० पटक हेरिएको
Shares
देउवा र ओलीबीच बालकोटमा अर्थपूर्ण भेटवार्ता

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
  • शनिबार अपरान्ह ओली निवास बालकोट पुगेका देउवाले ओलीसँग समसामयिक विषयमा छलफल भएको बताइएको छ।

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। शनिबार अपरान्ह ओली निवास बालकोट पुगेका देउवाले ओलीसँग समसामयिक विषयमा छलफल भएको बताइएको छ।

देउवासँगै ओली निवासमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवा पत्नी आरजु राणा पनि पुगेकी थिइन्। सत्ता समीकरणमा विभिन्न विषयमा विवाद बढिरहेका बेला देउवा र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

दुई नेताबीच वान टु वान भेटवार्तामा भएको विषयमा केही पनि सार्वजनिक भएकाे छैन। कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुले संवाद चलाएर दुई पार्टीबीच सहकार्य हुनुपर्ने अभिव्यक्ति दिँदै आएकै बीच दुई शीर्ष नेताहरुबीच भएको भेटवार्ताले ती पार्टीभित्र तरंग ल्याएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?