सात घण्टासम्म थुनिएको बडीगाड बल्ल बग्न थाल्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ३०, २०७५
|
|
२८ पटक हेरिएको
Shares
सात घण्टासम्म थुनिएको बडीगाड बल्ल बग्न थाल्यो

सारांश

  • काठमाडौं, ३० भदौ ।
  • बागलुङको बडीगाड र ढोरपाटन नगरपालिकाको सीमाक्षेत्र तुरतुरे भीरबाट ठूलो पहिरो खस्दा ७ घण्टादेखि थुनिएको बडीगाड खोला बल्ल बग्न थालेको छ ।
  • शुक्रबार मध्यराति मध्यपहाडी लोकमार्ग माथिबाट ठूला चट्टानसहित खसेको पहिरोले बडिगाड खोलो थुनिएको थियो ।

काठमाडौं, ३० भदौ । बागलुङको बडीगाड र ढोरपाटन नगरपालिकाको सीमाक्षेत्र तुरतुरे भीरबाट ठूलो पहिरो खस्दा ७ घण्टादेखि थुनिएको बडीगाड खोला बल्ल बग्न थालेको छ । शुक्रबार मध्यराति मध्यपहाडी लोकमार्ग माथिबाट ठूला चट्टानसहित खसेको पहिरोले बडिगाड खोलो थुनिएको थियो ।

पहिराले खोला थुनिएपछि जमेको पानीले खोलाको माथिसम्म ठूलो ताल बनिसकेको छ । तालको पानी बिस्तारै ओभर फ्लो भएर बग्न थालेको इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख जनक थापाले बताएका छन् ।

खोला थुनिएपछि ढोरपाटन नगरपालिका २ सिमलचौरका चार घर डुबानमा परेका छन् । खोला थुनिदा दुई किलोमिटर माथिसम्म पानीको ताल फैलिएको छ । जमेको पानी बग्न थालेसँगै फैलिदो क्रममा रहेको तालको पानी दुई फिट घटेको थापाले जानकारी दिए ।

पहिरो खस्दा मध्यपहाडी लोकमार्गसमेत अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन करीव १ साता लाग्ने देखिएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए । थुनिएको खोला बिस्तारै आफ्नो बहावमा आउन थालेकाले ठूलो जोखिम टरेको उनले बताए ।

ठूला ढुङ्गासहित खोला थुनिएकाले फुट्ने सम्भावना नभए पनि तल्लो तटीय क्षेत्र भीमगिठे, खाल, खार लगायतका बासिन्दालाई विशेष सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । पहिरो खसेर ताल बनेको क्षेत्रमा बाग्लुङ सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलसहितको टोली बिहानै पुगिसकेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमतीको हत्या गर्ने अभियुक्त केशव चार बर्षपछि पक्राउ
श्रीमतीको हत्या गर्ने अभियुक्त केशव चार बर्षपछि पक्राउ
ठेकेदारको लापरबाही, तीन वर्षमा जम्मा चौध प्रतिशत मात्र कालोपत्र
ठेकेदारको लापरबाही, तीन वर्षमा जम्मा चौध प्रतिशत मात्र कालोपत्र
जातीय भेदभाव तथा छुवाछूत विधेयक सर्वसम्मतिले स्वीकृत !
जातीय भेदभाव तथा छुवाछूत विधेयक सर्वसम्मतिले स्वीकृत !
बर्दिवासमा भीषण वर्षा : पानी चुहिएपछि मतगणना कार्य रोकियो !
बर्दिवासमा भीषण वर्षा : पानी चुहिएपछि मतगणना कार्य रोकियो !
Man with own ‘death certificate’ struggles for justice
Man with own ‘death certificate’ struggles for justice
हिन्दुराष्ट्र र राजतन्त्रपछिको १२ वर्षमा के पायौँ ? अब समीक्षा गर्नुपर्छ : कमल थापा
हिन्दुराष्ट्र र राजतन्त्रपछिको १२ वर्षमा के पायौँ ? अब समीक्षा गर्नुपर्छ : कमल थापा
लम्पी स्किनले भक्तपुरमा पाँच सय ८६ पशु मरे, चाँगुनारायण सबैभन्दा धेरै प्रभावित
लम्पी स्किनले भक्तपुरमा पाँच सय ८६ पशु मरे, चाँगुनारायण सबैभन्दा धेरै प्रभावित
सडक बनेको एक सातामै बिग्रिएपछि त्यसको कारण पत्ता लगाई पुनर्निर्माण गरिने
सडक बनेको एक सातामै बिग्रिएपछि त्यसको कारण पत्ता लगाई पुनर्निर्माण गरिने
मंगलबारको मौसम : हिमपातको सम्भावना
मंगलबारको मौसम : हिमपातको सम्भावना
रौतहटमा बाढीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो, अर्बौंको क्षति
रौतहटमा बाढीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो, अर्बौंको क्षति

तपाईंले छुटाउनुभयो कि?