सचिन र लक्ष्मणविरुद्ध बीसीसीआइ झनै कडा,दियो यस्तो आदेश

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २४, २०७६
|
|
२० पटक हेरिएको
Shares
सचिन र लक्ष्मणविरुद्ध बीसीसीआइ झनै कडा,दियो यस्तो आदेश

सारांश

  • नयाँ दिल्ली।
  • पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकर र भिभिएस लक्ष्मणलाई ‘हितको टकराव’ विषयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ) का लोकपालले स्वयं उपस्थित भएर बयान दिन आदेश दिँदै अर्को नोटिस पठाएका छन् ।
  • बीसीसीआइका लोकपाल डिके जैनले दुवैलाई निजी रुपमा सुनुवाइका लागि १४ मेको तारिख दिएका छन् ।

नयाँ दिल्ली। पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकर र भिभिएस लक्ष्मणलाई ‘हितको टकराव’ विषयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ) का लोकपालले स्वयं उपस्थित भएर बयान दिन आदेश दिँदै अर्को नोटिस पठाएका छन् । बीसीसीआइका लोकपाल डिके जैनले दुवैलाई निजी रुपमा सुनुवाइका लागि १४ मेको तारिख दिएका छन् । उजुरीकर्ता मध्यप्रदेश क्रिकेट एसोसिएसनका सदस्य संजीव गुप्ता र बीसीसीआइका सीइओ राहुल जौहरीलाई पनि बयानको लागि बोलाइएको छ ।संजीवले दुवै क्रिकेट सल्लाहकार समितिका सदस्य हुँदाहुँदै सचिन तेन्दुलकर मुम्बइ इण्डियन्सका आइकन र भिभिएस लक्ष्मण सनराइजर्स हैदराबादका मेन्टरको रुपमा दोहोरो भूमिका निभाइरहेको आरोप लगाएका थिए ।

दुवै क्रिकेटरले भने आरोप अस्वीकार गरेका थिए । सचिनले लोकपाललाई जवाफ दिँदै विद्यमान हालतको जिम्मेवार बीसीसीआइ स्वयंभएको बताएका थिए । यसअघि दिल्ली क्यापिटल्सका सल्लाहकार भएपछि सौरभ गांगुलीविरुद्ध पनि यस्तै उजुरी परेको थियो । तीनै पूर्व क्रिकेटरले बीसीसीआइले सल्लाहकार समितिमा आफूहरुको भूमिका नै स्पष्ट नपारेको जवाफ दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?