हेलम्बुमा बञ्जीजम्प निर्माण गरिने

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २९, २०७६
|
|
१८ पटक हेरिएको
Shares
हेलम्बुमा बञ्जीजम्प निर्माण गरिने

सारांश

  • सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुमा साहसिक खेल बञ्जीजम्पका लागि पूर्वाधार निर्माण शुरु गरिएको छ ।
  • यसका लागि आव २०७६÷७७ देखि हालसम्मकै लामो झोलुङ्गे पुल निर्माण गरिने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।
  • एनएल जोशी कन्सल्टेन्सीद्वारा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० अनुसार बञ्जीजम्प निर्माणका लागि रु पाँच करोड ३९ लाख लाग्ने अनुमान गरिएको छ ।

सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुमा साहसिक खेल बञ्जीजम्पका लागि पूर्वाधार निर्माण शुरु गरिएको छ । यसका लागि आव २०७६÷७७ देखि हालसम्मकै लामो झोलुङ्गे पुल निर्माण गरिने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।एनएल जोशी कन्सल्टेन्सीद्वारा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० अनुसार बञ्जीजम्प निर्माणका लागि रु पाँच करोड ३९ लाख लाग्ने अनुमान गरिएको छ । लागत अनुमान धेरै भएकाले निर्माणका लागि ‘सस्पेन्सन ब्रिज डिभिजन’लाई आग्रह गरिएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

परियोजना प्रतिवेदनअनुसार बञ्जीजम्पको उचाइ १७३ मिटर र झोलुङ्गे पुल ३७० मिटर लामो हुनेछ । बन्न लागेको झोलुङ्गे पुल देशको हालसम्मकै लामो पुल हुने भएकाले प्राविधिक रुपमा चुनौतीपूर्ण रहेको गाउँपालिकाका इञ्जिीनियर शेरबहादुर राईले बताउनुभयो । उहाँका अनुसार देशमा हाल २५० मिटरभन्दा लामो झोलुङ्गे पुल निर्माण भएको छैन ।हेलम्बु गाउँपालिका–१ हेलम्बुको ङिमादावा पाङगाङमा बनाइने झोलुङ्गे पुल पाङगाङ र धवागाङ गाउँलाई जोड्दछ । उक्त पुल बनेपछि एक गाउँबाट अर्को गाउँ पुग्न लाग्ने पाँच घण्टा समयसमेत बचत हुने इञ्जिीनियर राईले बताउनुभयो ।

सो स्थानमा बञ्जीजम्प तयार भएपछि अझ बढी पर्यटक आउने र बञ्जी गर्नेले हेलम्बुको सेमीसिताङ हिमालका साथै नजिक रहेको मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित मुहानको समेत अवलोकन गर्न सक्ने अध्यक्ष शेर्पाले बताउनुभयो । सन् १९९८ मा प्रकाशित पर्यटनसम्बन्धी ‘वेभ’ नामक पत्रिकाका अनुसार विश्वको सबैभन्दा अग्लो २२० मिटर उचाइ बञ्जी दक्षिण अफ्रिकामा छ । त्यसपछि १६० मिटर अग्लो बञ्जी सिन्धुपाल्चोककै भोटेकोशी नदीमा विसं २०५६ देखि सञ्चालनमा आएको छ । हेलम्बुमा अब बन्ने बञ्जीको उचाइ भोटेकोशीको तुलनामा १३ मिटर बढीको हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदान पछि औंला ठड्याउँदै बलिउड स्टारहरु (फोटो फिचर)
मतदान पछि औंला ठड्याउँदै बलिउड स्टारहरु (फोटो फिचर)
प्रहरी हिरासतमा रहेका ब्यक्ति मृत फेला
प्रहरी हिरासतमा रहेका ब्यक्ति मृत फेला
बुर्तिवाङ उत्तरगंगा अस्पतालबारे नियोजित ढंगमा छापिएको समाचारप्रति कडा भर्त्सना, सजग रहन आग्रह
बुर्तिवाङ उत्तरगंगा अस्पतालबारे नियोजित ढंगमा छापिएको समाचारप्रति कडा भर्त्सना, सजग रहन आग्रह
विमान दुर्घटनामा २२ नेपालीको निधन, सबैको ठेगाना पहिचान (सूचीसहित)
जापानसँगको ‘जिट्को’ सम्झौता परिमार्जनको तयारीमा
जापानसँगको ‘जिट्को’ सम्झौता परिमार्जनको तयारीमा
देउवालाई बधाई दिँदै राजपा नेताले भने- बाचा पूरा गर्नुस्, अनिमात्र चुनावमा आउँछौं
देउवालाई बधाई दिँदै राजपा नेताले भने- बाचा पूरा गर्नुस्, अनिमात्र चुनावमा आउँछौं
राष्ट्रियसभा बैठक जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा बैठक जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
डन ‘चरी’ की प्रेमीका खुश्वु अहिले के गर्दैछिन्  ?
डन ‘चरी’ की प्रेमीका खुश्वु अहिले के गर्दैछिन् ?
हावाहुरीले विद्युत्को तार चुडाउँदा करेन्ट लागेर मृत्यु
हावाहुरीले विद्युत्को तार चुडाउँदा करेन्ट लागेर मृत्यु
कतिपय मानिस देश बनेन भनेर होइन देश बन्ला भनेर चिन्तित छन्: प्रधानमन्त्री
कतिपय मानिस देश बनेन भनेर होइन देश बन्ला भनेर चिन्तित छन्: प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?