बालुवाटार जग्गा छानबिनमा खटिएका डिएसपी सरुवा
सारांश
- काठमाडौं ।
- बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा खटिएका एकजना डिएसपीको सरुवा भएको छ ।
- जग्गा कब्जाबारे छानबिनमा संलग्न रहेका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी कविद् कटुवालको सरुवा गरिएको हो ।
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा खटिएका एकजना डिएसपीको सरुवा भएको छ ।
जग्गा कब्जाबारे छानबिनमा संलग्न रहेका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी कविद् कटुवालको सरुवा गरिएको हो ।
जग्गा छानबिन नसक्दै कटुवाललाई रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको हो । रौतहटमा कार्यरत डिएसपी कुमुद ढुंगाना छानबिनमा तानिएपछि खाली स्थानमा पठाइएको हो ।
अनुसन्धान प्रभावित हुने गरी सरुवा भएको भन्दै अर्थपूर्ण रूपमा हेर्नेुपर्ने बताइएको छ । तीनमहिने समयसीमा दिएर ब्युरोलाई अनुसन्धान गर्ने जिम्मेवारी दिइएको थियो । अनुसन्धानका लागि अझै एक महिना समय छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया