त्रिभुवन विमानस्थल मर्मतमा निर्माण सामग्री अभाव, लक्ष्य पूरा नहुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २७, २०७५
|
|
३० पटक हेरिएको
Shares
त्रिभुवन विमानस्थल मर्मतमा निर्माण सामग्री अभाव, लक्ष्य पूरा नहुने

सारांश

  • चैत २६, काठमाण्डौ ।
  • नेपालको एकमात्र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको जीर्णोद्धार कार्य सुरु भएको एक हप्ता नहुदै काममा अवरोध भएको छ ।
  • गिट्टी ढुवानीमा रोक लागेपछि काममा अवरोध आएको हो ।

चैत २६, काठमाण्डौ । नेपालको एकमात्र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको जीर्णोद्धार कार्य सुरु भएको एक हप्ता नहुदै काममा अवरोध भएको छ । गिट्टी ढुवानीमा रोक लागेपछि काममा अवरोध आएको हो । यो संगै आगामी असारमा काम सम्पन्न गर्ने लक्ष्य लिएको त्रिभुवन विमानस्थलको उक्त काम अन्यौलमा परेको छ ।

४३ वर्षपछि पहिलो पटक गत सोमबारदेखि १० घण्टा उडान बन्द गरेर धावनमार्ग जीर्णोद्धारको काम सुरु भएको थियो । तर काभ्रेको रोशी गाउँपालिका ११ र १२ का बासिन्दाले स्थानीय माम्दी खोलाबाट ल्याइँदै आएको गिट्टी ढुवानीमा रोक लगाएपनि काम रोकिएको हो ।

मुलुकको एकमात्र अन्तर्रा्ष्ट्रिय विमानस्थलको ३ हजार ५० मिटर (१० हजार ७ फिट) लामो धावनमार्गको पुरानो पिच उप्काउँदै तीन महिनाभित्र नयाँ राखिसक्नुपर्ने छ । यो अवरोधसंगै धावमार्ग कार्य ३ महिनामा सकिने भनियता पनि केही समय लाग्ने भएको छ । बाइट ः दिपेन्द्र श्रेष्ठ, सूचना अधिकृत, हवाइ यातयात क्षमता अभिवृद्धि आयोजना
अवरोध सुल्झाउन सोमबार नागरिक उड्डयन प्राधिकरणको टोली रोशी गाउंपालिका पुगी स्थलगत अनुगमन गर्दे स्थानीयसंग छलफल पनि गरे ।

तर स्थानीय सहमत नभएपछि गिटी ढुवाडीको काम पुरै ठप्प भएको छ । जसले धावनमार्गको पुननिर्माणको काम अघि बढ्न सकेको छैन । विमानस्थलले भने आफुहरुले स्थानीयलाई मनाउने प्रयास गरीरहेकोले केही दिनमै काम सुचारु हुने बताएका छन् ।

काम सम्पन्न गर्न लागि मात्रै कम्तीमा ३५ हजार घनमिटर क्रसरबाट उत्पादित गिट्टी चाहिने छ । यसै कामका लागि दैनिक २२ घण्टासम्म खुल्दै आएको विमानस्थल चैत १८ देखि असारसम्मका लागि दैनिक १० घण्टा बन्द गराइएको थियो ।

गत वर्ष एसियाली विकास बैंकबाट आएको विमानस्थल विस्तारको लागि आएको ३ अर्व रुपैया अनुदानको सम्झौता समेत रद्ध भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिब्बतमा प्रधामन्त्री प्रचण्ड र सिपिसीका सचिव वाङबीच भेटवार्ता
तिब्बतमा प्रधामन्त्री प्रचण्ड र सिपिसीका सचिव वाङबीच भेटवार्ता
ब्राण्ड प्रमोसन गर्न ट्याक्सीमाण्डु र डि.एस.आर. मल्टिमिडिया बीच सम्झौता
ब्राण्ड प्रमोसन गर्न ट्याक्सीमाण्डु र डि.एस.आर. मल्टिमिडिया बीच सम्झौता
देउवाले भने : माओवादी र माधव नेपाललाई पनि साथमै लिएर जाने हो
देउवाले भने : माओवादी र माधव नेपाललाई पनि साथमै लिएर जाने हो
राष्ट्रपति भण्डारीद्धारा संसद अधिवेशन आह्वान, पुस ११ गते सुरु हुने
राष्ट्रपति भण्डारीद्धारा संसद अधिवेशन आह्वान, पुस ११ गते सुरु हुने
प्रहरी हवल्दारलाई गोली हान्ने अभियुक्त इन्काउन्टरमा मारिए
नेपालमा आज थप ११३ जनामा कोरोना संक्रमण
नेपालमा आज थप ११३ जनामा कोरोना संक्रमण
श्रीलंकाका पूर्व राष्ट्रपति अचानक बने प्रधानमन्त्री
श्रीलंकाका पूर्व राष्ट्रपति अचानक बने प्रधानमन्त्री
गण्डकी प्रदेश:सरकार पुनगर्ठनमा सहमति खोजिँदै
गण्डकी प्रदेश:सरकार पुनगर्ठनमा सहमति खोजिँदै
नक्सा पास नगरी घर बनाउनुभएको छ ? छ भने महानगरमा निवेदन दिनुस्
नक्सा पास नगरी घर बनाउनुभएको छ ? छ भने महानगरमा निवेदन दिनुस्
राहुल महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
राहुल महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

तपाईंले छुटाउनुभयो कि?