झाडापखालाले पूरै गाउँ आक्रान्त, एकजनाको ज्यान गयो

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ८, २०७५
|
|
३९ पटक हेरिएको
Shares
झाडापखालाले पूरै गाउँ आक्रान्त, एकजनाको ज्यान गयो

सारांश

  • काठमाडौं, ८ असोज ।
  • महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं.
  • १२ स्थित मुस्लिम बस्ती नैन्हीमा झाडापखालाले पूरै गाउँ आक्रान्त पारेको छ ।

काठमाडौं, ८ असोज । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं. १२ स्थित मुस्लिम बस्ती नैन्हीमा झाडापखालाले पूरै गाउँ आक्रान्त पारेको छ । झाडापखालाको प्रकोपले ४ वर्षीया खुश्बु खातुनको मृत्यु भएको छ । झाडापखालाकै कारण २५ जना बिरामी परेका छन् ।

मामाघरमा बस्दै आएकी भारतीय नागरिक खुश्बुको उपचार गर्दागर्दै जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीमा मृत्यु भएको हो । अन्य पाँच जनालाई गाउँकै स्वास्थ्य शिविरमा राखेर उपचार गराउन थालिएको छ । चारजनाको अवस्था गम्भीर भएपछि थप उपचारको लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ । गर्भवती र बालबालिका पनि पखालाबाट बिरामी परेका छन् ।

मुस्लिम बस्तीमा चार दिनअघि नै झाडापखालाको प्रकोप देखिएको थियो । गाउँलेका अनुसार नैन्हीका खेतमा पाइने माछा खाएपछि प्रकोप देखिएको हो । तर स्वास्थ्यकर्मी सन्तोष ठाकुरका अनुसार माछा नखाएकाहरुमा पनि समस्या देखिएको छ । भदौ २९ गतेदेखि प्रकोप फैलिएर सिङ्गो गाउँ नै आक्रान्त बनेपछि स्थानीय मदरसा पनि बन्द गरिएको छ । प्रभावित क्षेत्रमा अहिले जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्य निरीक्षक सन्तोष ठाकुरको नेतृत्वमा स्वास्थ्य टोली खटिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसका उम्मेद्वारः सभापतिका भतिजदेखि भाइबुहारीसम्म, छोरादेखि भतिजसम्म
कांग्रेसका उम्मेद्वारः सभापतिका भतिजदेखि भाइबुहारीसम्म, छोरादेखि भतिजसम्म
एमसीसी पारित गर्न तात्तिए देउवा, प्रचण्डले साथ नदिए गठबन्धन तोडिने
५८ नगरपालिकासहित २ सय ४४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक
५८ नगरपालिकासहित २ सय ४४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक
मोबाइल एप्स प्रयोग गरेर डाँडामा पानी
मोबाइल एप्स प्रयोग गरेर डाँडामा पानी
उम्मेदवार मनोनयन अघि भरतपुरमा एमालेका मेयरका उम्मेदवारले गरे विपिको शालिकमा माल्यार्पण
उम्मेदवार मनोनयन अघि भरतपुरमा एमालेका मेयरका उम्मेदवारले गरे विपिको शालिकमा माल्यार्पण
इन्काउन्टर गर्न गएको प्रहरीकाे  पेस्तोल नै नपड्किएपछि
इन्काउन्टर गर्न गएको प्रहरीकाे पेस्तोल नै नपड्किएपछि
युवासंघ नेपाल पाँचखाल नगर कमिटिद्वारा अायोजित दोस्रो युवाकप उद्घाटन ।
युवासंघ नेपाल पाँचखाल नगर कमिटिद्वारा अायोजित दोस्रो युवाकप उद्घाटन ।
कांग्रेसले चारवटा प्रदेशमा उम्मेदवार टुङ्ग्यायो (नामावलीसहित)
कांग्रेसले चारवटा प्रदेशमा उम्मेदवार टुङ्ग्यायो (नामावलीसहित)
मनाेरञ्जन समाचार : यी अभिनेत्री पनि कास्टिङ काउचको शिकार भएकी थिइन्
मनाेरञ्जन समाचार : यी अभिनेत्री पनि कास्टिङ काउचको शिकार भएकी थिइन्
यदि १४ गते निर्वाचन गरिएन भने हामी भिसीको गाडी जलउने छौँ:थापा
यदि १४ गते निर्वाचन गरिएन भने हामी भिसीको गाडी जलउने छौँ:थापा