किन दिए संयोजक मिश्रले राजिनामा ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ४, २०७६
|
|
३० पटक हेरिएको
Shares
किन दिए संयोजक मिश्रले राजिनामा ?

सारांश

  • काठमाडौं ।
  • सरकारले गठन गरेको थिंक ट्याङ्कका संयोजक चैतन्य मिश्रले पदबाट राजिनामा दिएका छन् ।
  • मुलुकको आर्थिक, राजनीतिक, सामाजिक र प्रशासनिक मामलामा नीतिगत सुधारको सुझाव दिन ७ महिनाअघि गठित नीति अनुसन्धान प्रतिष्ठानका संयोजक प्राध्यापक मिश्रले आफ्नै कारण देखाउँदै राजिनामा दिएका हुन् ।

काठमाडौं । सरकारले गठन गरेको थिंक ट्याङ्कका संयोजक चैतन्य मिश्रले पदबाट राजिनामा दिएका छन् । मुलुकको आर्थिक, राजनीतिक, सामाजिक र प्रशासनिक मामलामा नीतिगत सुधारको सुझाव दिन ७ महिनाअघि गठित नीति अनुसन्धान प्रतिष्ठानका संयोजक प्राध्यापक मिश्रले आफ्नै कारण देखाउँदै राजिनामा दिएका हुन् ।

प्राध्यापक मिश्रले गत वर्ष असोजमा गठन भएको ५ सदस्यीय प्रतिष्ठानमा लामो समय कर्मचारी, अनुसन्धाताको पदपूर्ति गर्न नसकिएको भन्दै राजिनामा दिएको बताएका छन् ।

३ वर्षे कार्यावधि रहेको प्रतिष्ठानमा कार्यालय स्थापना, कर्मचारी तथा रिसर्चर नियुक्तिको सरकारी प्रकृयामै अघिल्लो ४ महिना बिताएपछि गत फागुनबाट काम सुरु भएको थियो ।

प्रतिष्ठानमा प्रशासन व्यवस्थापनले अलिक बढी समय खायो, नयाँ अफिस खडा गर्न र रिसर्चर राख्नै समय लागेको बताए । अलिकति व्यवस्थित भएर फागुनदेखि मात्रै अनुसन्धानको काम थालिएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?