वाम एकता बैंक मर्जरजस्तै: चुनावअघि यस्तो थियो तालमेल प्रयास

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०७४
|
|
२७ पटक हेरिएको
Shares
वाम एकता बैंक मर्जरजस्तै: चुनावअघि यस्तो थियो तालमेल प्रयास

सारांश

  • काठमाडौं, माघ ७ ।
  •  संयोगै भन्नुपर्छ, चुनावी जितलाई पार्टी एकतामा अनुवाद गर्न कस्सिएका दुई ठूला वाम पार्टीले एकीकृत हुने दलको वैचारिक कार्यदिशामा सहमति जुटाएकै दिन नयाँ शक्ति पार्टी संयोजक डा.
  • बाबुराम भट्टराईले त्यसलाई भनिदिए- बैंक मर्जरजस्तो ।

काठमाडौं, माघ ७ । संयोगै भन्नुपर्छ, चुनावी जितलाई पार्टी एकतामा अनुवाद गर्न कस्सिएका दुई ठूला वाम पार्टीले एकीकृत हुने दलको वैचारिक कार्यदिशामा सहमति जुटाएकै दिन नयाँ शक्ति पार्टी संयोजक डा. बाबुराम भट्टराईले त्यसलाई भनिदिए- बैंक मर्जरजस्तो । आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ ।

यी पूर्वप्रधानमन्त्रीको शब्दमा त्यस्तो ‘मर्जर’, जहाँ कुनै विचारधारात्मक एकता छैन, बरु ‘सीईओ र अध्यक्ष को बन्ने’ भागबन्डा चलिरहेको छ । यसै कारण एमाले र माओवादीसँग सहकार्यको सम्भावना अब सकिएको उनले घोषणा गरे ।

असोज १७ गते एकीकृत वाम पार्टी बनाउने लक्ष्यसहित ६ बुँदे सहमतिमा केपी ओली र पुष्पकमल दाहालसँगै हस्ताक्षर गरेका यी नेता तत्कालै कित्ता बदलेर कांग्रेससँग चुनावी गठबन्धन गर्न गएका थिए । उनले एमाले-माओवादी केन्द्रबीच एकता प्रयासको कुनै वैचारिक जग नभएको आरोप लगाएका छन् । अनि वस्तुतः उनीहरू पुरानै शक्ति रहेको भन्दै गठबन्धनबाट मुलुकका समस्या नसुल्झिने ठोकुवा गरेका छन् ।

‘खासमा हामीले उपेन्द्र यादवको फोरम, प्रचण्डको माओवादी र नयाँ शक्तिबीच भित्री कुराकानी गरेर नयाँ ढंगले तालमेल प्रयास गरिसकेका थियौं तर त्यसैबेला एमाले र माओवादीबीच अलग्गै वार्ता प्रक्रिया अघि बढिरहेको रहेछ,’ शनिबार दिउँसो विशालनगर निवासमा अन्नपूर्णसँग विशेष वार्ता गर्दै भट्टराईले खुलासा गरे, ‘हामीले बुझ्यौं- एमाले पनि त्यसमा सहभागी हुने रहेछ । वास्तवमा हामी अलिकति भ्रमित हुन पुगेछौं । नयाँ शक्तिलाई घोडा बनाएर छिट्टै सत्ताको भर्‍याङ चढ्ने उहाँहरूको मनसाय रहेछ ।’ उनले यी ‘पुराना शक्ति’ हरूसँग तालमेल गर्ने आफ्नो तत्कालीन सोचलाई त्रुटिपूर्ण भनी आत्मालोचना गरे ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bhavishwor Pandey

    Tapai jasto dahichiure netale gardadeshako abasta najuk bhayako ho janatale nakarda panihos ayana.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको राशीफल
आजको राशीफल
प्रविधिमैत्री सेवा प्रवाहका लागि अभिमुखीकरण
प्रविधिमैत्री सेवा प्रवाहका लागि अभिमुखीकरण
स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो
स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो
सञ्चार माध्यममा २५ वटा आचारसंहिता उलङ्घनका घटना !
खेलको पहिलो ओभरमै नेपालललाई अर्को सफलताः सोमपालले लिए अर्को विकेट
खेलको पहिलो ओभरमै नेपालललाई अर्को सफलताः सोमपालले लिए अर्को विकेट
पूर्व फुटबलर म्याराडोना अर्जेन्टिनाको फुटबल टाेलीकाे प्रशिक्षक
पूर्व फुटबलर म्याराडोना अर्जेन्टिनाको फुटबल टाेलीकाे प्रशिक्षक
अनसनलाई देखाएर धमिलो पानीमा माछा मार्ने तत्वहरूले डा. केसीलाई नै दुरूपयोग गर्ने मौका छोपे :  सुजता कोइराला
अनसनलाई देखाएर धमिलो पानीमा माछा मार्ने तत्वहरूले डा. केसीलाई नै दुरूपयोग गर्ने मौका छोपे : सुजता कोइराला
नाबालिग बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
नाबालिग बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
प्रचण्ड पत्नी सीताको उपचार रामदेव बाबाको पतञ्जली योगपिठमा (फोटोफिचर)
प्रचण्ड पत्नी सीताको उपचार रामदेव बाबाको पतञ्जली योगपिठमा (फोटोफिचर)
सप्तरीमा बस दुर्घटनामा सत्र जना घाइते, तीनको अवस्था गम्भीर !

तपाईंले छुटाउनुभयो कि?