७ करोड हिनामिना गरेर नायब सुब्बा कता भागे ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ४, २०७६
|
|
५३ पटक हेरिएको
Shares
७ करोड हिनामिना गरेर नायब सुब्बा कता भागे ?

सारांश

  • सात करोडभन्दा धेरै राजस्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार भएका छन् ।
  • नासु मदनकुमार गुप्ता मालपोत कार्यालय कलैया र सिमराबाट सात करोड नौ लाख ५७ हजार ६ सय ६० रुपैयाँ सरकारी राजस्व उठाएर फरार भएका हुन् ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताविरुद्ध तीन मुद्दा दायर गरेको छ ।

सात करोडभन्दा धेरै राजस्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार भएका छन् । नासु मदनकुमार गुप्ता मालपोत कार्यालय कलैया र सिमराबाट सात करोड नौ लाख ५७ हजार ६ सय ६० रुपैयाँ सरकारी राजस्व उठाएर फरार भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताविरुद्ध तीन मुद्दा दायर गरेको छ । तर, पक्राउ गर्न भने सकेको छैन ।

गत फागुनदेखि उनी फरार छन् । मालपोत कार्यालय सिमरामा कार्यरत रहँदा आठ महिनामा चार करोड ५८ लाख ७१ हजार २० रुपैयाँ अनियमितता गरेको अख्तियारले जनाएको छ । साउनदेखि १२ फागुनसम्मको सबै राजस्व उनले व्यक्तिगत खातामा जम्मा गरेका हुन् । अख्तियारले छानबिन थालेलगत्तै उनी भागेका थिए । नयाँ पत्रिका

(www.newportworldresorts.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?