एमाले र माओवादीले बनाए ४ वटा मापदण्ड, के-के छन् ?
सारांश
- काठमाडौं, २६ पुस ।
- मुख्यमन्त्री र राष्ट्रियसभा सदस्य छान्न नेकपा एमाले र माओवादी केन्द्रले चार वटा मापदण्ड बनाएका छन् ।
- एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा एमाले अध्यक्ष ओलीको निवास बालकोटमा बसेको कार्यदलको पहिलो बैठकमा दुई अध्यक्षहरुले चार वटा मापदण्डमा आधारित भएर काम अघि बढाउन निर्देशन दिएका छन् ।
काठमाडौं, २६ पुस । मुख्यमन्त्री र राष्ट्रियसभा सदस्य छान्न नेकपा एमाले र माओवादी केन्द्रले चार वटा मापदण्ड बनाएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा एमाले अध्यक्ष ओलीको निवास बालकोटमा बसेको कार्यदलको पहिलो बैठकमा दुई अध्यक्षहरुले चार वटा मापदण्डमा आधारित भएर काम अघि बढाउन निर्देशन दिएका छन् ।
यस्तो छ मापदण्ड ?
१) स्थानीय तहहरुको प्रमुख÷उपप्रमुखमा दुबै दलले प्राप्त गरेको संख्या
२) दुबै दलबाट राष्ट्रियसभारप्रदेश सरकारमा पठाइने व्यक्तिको कार्यक्षमत्ता
३) राजनीतिक र सामाजिक सन्तुलन
४) दुबै पार्टीको एकताको भावना
दुई पार्टीका अध्यक्षहरुले तोकेको निर्देशनमा आधारित रही कार्यदलले गृहकार्य गर्ने कार्यदलको सदस्य रहेका एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया