दाँतलाई कसरी बलियो र चम्किलो बनाउँने ? यस्ता छन् घरेलु उपाय
सारांश
- सबैलाई आफ्नो दाँतको चिन्ता हुन्छ ।
- स्वाथ्यको लागी मात्र नभएर सुन्दरताका लागि पनि बलियो र चम्किलो दाँत हुनु अनिवार्य मानिन्छ ।
- दाँत भन्ने वित्तिकै मुख र मुखसँग सम्बन्धित चिंउडो, तालु र अनुहार पनि पर्छन् ।
सबैलाई आफ्नो दाँतको चिन्ता हुन्छ । स्वाथ्यको लागी मात्र नभएर सुन्दरताका लागि पनि बलियो र चम्किलो दाँत हुनु अनिवार्य मानिन्छ । दाँत भन्ने वित्तिकै मुख र मुखसँग सम्बन्धित चिंउडो, तालु र अनुहार पनि पर्छन् । मानिसले बोल्दा, हाँस्दा, खाँदा, भाषण, गर्दा या गीत गाउँदा धेरैको नजर दाँतमा पर्छ । त्यसैले पनि दाँतको चमक कायम रहेमा आफुलाई मात्र नभई अरुलाई पनि त्यसको सकारात्मक प्रभाव पर्छ । यदि तपाँईको दाँत कालो छ भने यी घरेलु उपायहरु अपनाउनुस् दाँत निकै स्वस्थ र चम्किलो अनि बलियो पनि हुन्छ । ः
केरा
केरालाई पिसेर यसको पेष्ट बनाउनु होस् । यसको पेष्टले दाँतलाई दिनहुँ एक मिनेट मसाज गर्नुहोस । मसाज पछि दाँत ब्रश गर्नुहोस् । यस उपायले दाँतको पहेलोपनालाई हटाउन मदत गर्छ ।
तुलसी
तुलसीमा दाँतको पहेलोपना हटाउने एक अद्भुत शक्ति हुन्छ । यसले दाँतमा रहेको पहेलोपना हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ । तुलसीको पातलाई घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाई टुथपेस्टसंग मिलाएर ब्रस गर्ने गर्दा दांतको पहेलोपना हटेर चमक आउन थाल्छ ।
कागतिको रस
एउटा कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानी मिसाउनुहोस् र खाना खाई सकेपछि यही कागती पानीले दिनहुँ कुल्ला गर्ने गर्नुहोस् । यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै साथै सास गनाउने समस्याबाट पनि छुटकारा पाउन सकिछ ।
निम
निमको उपयोग धेरै पहिलेदेखि नै दाँतको सफाई गर्नको लागि प्रयोग गरिदै आएका छौं । दिनहु निमको काठ, निमको सानो हाँगाले दात सफा गर्ने बानीले दाँतमा कुनै किसिमको रोग लाग्न दिदैन ।
सुन्तलाको बोक्रा
सुन्तलाको बोक्रालाई घाममा सुकाएर त्यसको पाउडर बनाउनुहोस् । दाँत ब्रश गरिसकेपछि उक्त पाउडरले दाँतमा हल्का मसाज गर्दा भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो बनाउँन मदत गर्छ ।
स्ट्रबेरी
स्ट्रबेरी दाँत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाय हो । यसमा पाइने मालिक एसिडले दाँत लाइ सेतो र चम्किलो बनाउँछ ।
प्रतिक्रिया