सपथ लगत्तै भारतीय प्रधानमन्त्री देशबाहिर कहाँ जालान् ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १३, २०७६
|
|
२३ पटक हेरिएको
Shares
सपथ लगत्तै भारतीय प्रधानमन्त्री देशबाहिर कहाँ जालान् ?

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सपथ लिएपछि पहिलो विदेश भ्रमण माल्दिभ्समा गर्न सक्ने संभावना रहेको छ ।
  • प्रधानमन्त्री मोदी जुन ७ वा ८ तारिखमा विदेश यात्रामा निस्कन लागेका हुन् ।
  • ३० मे मा सपथ लिएपछि उनले त्यसको एक हप्ताभित्रै माल्दिभ्स जाने तयारीमा रहेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सपथ लिएपछि पहिलो विदेश भ्रमण माल्दिभ्समा गर्न सक्ने संभावना रहेको छ । प्रधानमन्त्री मोदी जुन ७ वा ८ तारिखमा विदेश यात्रामा निस्कन लागेका हुन् । ३० मे मा सपथ लिएपछि उनले त्यसको एक हप्ताभित्रै माल्दिभ्स जाने तयारीमा रहेका हुन् ।

अघिल्लो कार्यकालमा मोदीले ५ वर्षको अवधिमा ९३ पटक विदेश भ्रमण गरेका थिए । उनी सबैभन्दा धेरै पाँच पटक चीन र अमेरिका गएका छन् । उनी ४१ देशमा एकपटक मात्रै गए भने १० देशमा दुई पटक पुगेका छन् । फ्रान्स र जापान तीन–तीन पटक गए । रुस, सिंगापुर, जर्मनी, र नेपालको चार चार पटक भ्रमण गरेका छन् ।

पछिल्लो पटक मोदीले दक्षिण कोरियाको भ्रमण गरेका थिए । एक पटकको यात्रामा उनले औषतमा २७ करोड रुपैयाँ खर्च हुने गरेको समाचारमा उल्लेख छ । पूर्व प्रधानमन्त्री मनमोहन सिंहले भने १० वर्षको अवधिमा ९३ पटक विदेश यात्रा गरेका भारतीय संचारमाध्यामले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?