गुरु बराल एमालेको उपाध्यक्ष मनोनीत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १७, २०८१
|
|
२३ पटक हेरिएको
Shares
गुरु बराल एमालेको उपाध्यक्ष मनोनीत

सारांश

  • काठमाडाैं।
  • नेकपा एमालेले गुरु बराललाई पार्टीको उपाध्यक्ष पदमा मनोनीत गरको छ।
  • बिहीबार काठमाडौंमा बसेको एमाले सचिवालय बैठकले रिक्त उपाध्यक्षमा स्थायी कमिटी सदस्य बराललाई मनोनीत गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

काठमाडाैं। नेकपा एमालेले गुरु बराललाई पार्टीको उपाध्यक्ष पदमा मनोनीत गरको छ।

बिहीबार काठमाडौंमा बसेको एमाले सचिवालय बैठकले रिक्त उपाध्यक्षमा स्थायी कमिटी सदस्य बराललाई मनोनीत गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

त्यस्तै बैठकले मुकुन्द न्यौपाने र मधेश प्रदेशका पोलिटब्युरो सदस्य रहेका लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको उनले बताए।

त्यस्तै १७ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको उनले बताए। बैठकले बिभिन्न आयोगमा सदस्य मनोनयन समेत गरिएको महासचिव पोखरेलले जानकारी दिए। बैठकले प्रदेशको इन्चार्जहरुको जिम्मेवारी हेरफेर समेत गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?