माओवादी केन्द्रका नेताहरु लक्षितगरि बम प्रहार ।

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
४२ पटक हेरिएको
Shares
माओवादी केन्द्रका नेताहरु लक्षितगरि बम प्रहार ।

सारांश

  • काठ्माडाैं ,मंसिर १ नेकपा माओवादी केन्द्रका वरिष्ठ नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन ‘अनन्त’ र ओनसरी घर्तीमगरलाई लक्षित गरि बम प्रहार भएको छ ।
  • शुक्रबार सुलीचौरबाट लिबाङ जाँदै गरेका माओवादी केन्द्रका वरिष्ठ नेताहरुलाई लक्षित गरी रोल्पा नगरपालिकाको सातदोबाटो र लिबाङको बीचमा पर्ने भदौरे जंगलमा अपरान्ह साढे १२ बजे दुईवटा बम विस्फोट गराईएको हो ।
  • जंगलबाट प्रहार गरिएको बम नेताहरु सवार गाडिभन्दा १० मिटर जंगलतिर बिस्फोट भएका थिए ।
काठ्माडाैं ,मंसिर १
नेकपा माओवादी केन्द्रका वरिष्ठ नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन ‘अनन्त’ र ओनसरी घर्तीमगरलाई लक्षित गरि बम प्रहार भएको छ ।
शुक्रबार सुलीचौरबाट लिबाङ जाँदै गरेका माओवादी केन्द्रका वरिष्ठ नेताहरुलाई लक्षित गरी रोल्पा नगरपालिकाको सातदोबाटो र लिबाङको बीचमा पर्ने भदौरे जंगलमा अपरान्ह साढे १२ बजे दुईवटा बम विस्फोट गराईएको हो ।
जंगलबाट प्रहार गरिएको बम नेताहरु सवार गाडिभन्दा १० मिटर जंगलतिर बिस्फोट भएका थिए । बम विस्फोटले कुनै क्षति भएको छैन । उप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता महरा, वामगठबन्धनबाट प्रतिनिधिसभामा रोल्पाबाट उम्मेदवार रहेका अर्का वरिष्ठ नेता अनन्त र निवर्तमान सभामुख घर्ती चुनावीसभालाई संबोधन गर्न सुलीचौरबाट लिबाङ जाँदै थिए ।
नेताहरु सकुशल लिबाङ पुगेका छन् । अहिले बम विस्फोट भएको एरियामा घेराबन्दी गरेर प्रहरीले आक्रमणकारीहरुको खोजी गरिरहेको छ । ‘हामी अहिले घेराबन्दी गरेर आक्रमणकारीहरुको खोजी गरिरहेका छौँ’, प्रहरी निरिक्षक सुदर्शन पन्थीले भने । प्रहरीले बम नेकपाका कार्यकर्ताहरुले विस्फोट गराएको दावि गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन कर्जा लगानी घटाउँदैछन् बैंकहरु ?
किन कर्जा लगानी घटाउँदैछन् बैंकहरु ?
बन्ने भयो नेपालकै पहिलो सुरुङ मार्ग, प्रधानमन्त्री ओलीले गरे शिलान्यास
बन्ने भयो नेपालकै पहिलो सुरुङ मार्ग, प्रधानमन्त्री ओलीले गरे शिलान्यास
राष्ट्रपति चुनावको तयारी शुरु, निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रपति चुनावको तयारी शुरु, निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौंको महाराजगन्जमा टिप्परको ठक्करबाट एकको मृत्यु, एक गम्भीर  !
काठमाडौंको महाराजगन्जमा टिप्परको ठक्करबाट एकको मृत्यु, एक गम्भीर !
प्रचण्डले भेटे प्रधानमन्त्री ओलीलाई
प्रचण्डले भेटे प्रधानमन्त्री ओलीलाई
गोपाल र अजय इन्काउन्टरबारे चितवन पुगेर बाेले गृहमन्त्रीले
गैंडा लिन टाइगर रिजर्बले नेपाललाई बोलायो
गैंडा लिन टाइगर रिजर्बले नेपाललाई बोलायो
मन्त्रालय गाभिए, आधा कर्मचारी कटौतीमा पर्ने
मन्त्रालय गाभिए, आधा कर्मचारी कटौतीमा पर्ने
चितवनका अस्पतालमा थपिँदै स्क्रब टाइफसका बिरामी, राप्ती र कालिका नगरपालिका बढी प्रभावित भएको प्रतिवेदन सार्वजनिक
चितवनका अस्पतालमा थपिँदै स्क्रब टाइफसका बिरामी, राप्ती र कालिका नगरपालिका बढी प्रभावित भएको प्रतिवेदन सार्वजनिक
सरकारले साउन १ देखि विदेशमा रहेका नेपालीलाई कोषमा समेट्दै
सरकारले साउन १ देखि विदेशमा रहेका नेपालीलाई कोषमा समेट्दै