आज १२ औँ गणतन्त्र दिवस

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १५, २०७६
|
|
३२ पटक हेरिएको
Shares
आज १२ औँ गणतन्त्र दिवस

सारांश

  • काठमाडौं ।
  • आज १२ औ गणतन्त्र दिवस मनाईदै छ ।
  • संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ ।

काठमाडौं । आज १२ औ गणतन्त्र दिवस मनाईदै छ । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । आज झन्डै २ सय ५० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा गणतन्त्र स्थापना भएको दिन हो ।

गणतन्त्र दिवसको अवसर सार्वजनिक विदा हो या होईन भन्ने आम सर्वसाधारणमा अन्यौलता देखिएको छ । गृह मन्त्रालयले गणतन्त्र दिवसमा विदा नहुने स्पष्ट पारेको छ ।

२०७४ सालसम्म गणतन्त्र दिवसमा विदा हुने गरेको थियो । तर २०७५ सालदेखि यो विदा कटौती गरिएको छ । सरकारले लोकतन्त्र दिवस, गणतन्त्र दिवस, प्रजातन्त्र दिवस जस्ता दिवसलाई एकीकृत गरि ति दिवसको साटो एक दिन बिदा दिएर विशेष दिवस मनाउने निर्णय गरेको हो । यस हिसाबमा अहिले असोज ३ मा संविधान दिवसको अवसरमा मात्र सरकारले सार्वजनिक विदा दिएको छ । अन्य दिवसमा भने कार्यक्रम गर्ने तर बिदा नदिने गरी निर्णय भएको हो ।

सरकारले २०७५ चैत्र १ गते प्रकाशित गरेको नेपाल राजपत्रमा पनि गणतन्त्र दिवसलाई राष्ट्रिय रुपमा मनाइने तर कार्यालय खुल्ने विदाको रुपमा सुचिकृत गरेको छ । यस हिसाबमा गणतन्त्र दिवसमा विदा हुने छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?