विल गेट्सद्वारा तान्जानियालाई सहयोग गर्ने

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २८, २०७४
|
|
१९ पटक हेरिएको
Shares
विल गेट्सद्वारा तान्जानियालाई सहयोग गर्ने

सारांश

  • तान्जिनिया ।
  • विल र मेलिण्डा गेट्स प्रतिष्ठानले तान्जानियाको कृषि,स्वास्थ्य तथा कोष विकास आयोजनाका लागि पैँतीस करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
  • तान्जानियाको राष्ट्रपतिको कार्यालय अन्तर्गत सञ्चार निर्देशनालयद्वारा बिहीबार जारी विज्ञप्तिमा माइक्रोसफ्टका सह–संस्थापक विल गेट्सले बिहीबार राष्ट्रपति जोहान मागुफुलीसँगको कुराकानीपछि उक्त सहयोगको घोषणा गरेको जनाइएको छ ।

तान्जिनिया । विल र मेलिण्डा गेट्स प्रतिष्ठानले तान्जानियाको कृषि,स्वास्थ्य तथा कोष विकास आयोजनाका लागि पैँतीस करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

तान्जानियाको राष्ट्रपतिको कार्यालय अन्तर्गत सञ्चार निर्देशनालयद्वारा बिहीबार जारी विज्ञप्तिमा माइक्रोसफ्टका सह–संस्थापक विल गेट्सले बिहीबार राष्ट्रपति जोहान मागुफुलीसँगको कुराकानीपछि उक्त सहयोगको घोषणा गरेको जनाइएको छ ।

विश्वका धनाड्य व्यक्तित्व विल गेट्सले आफ्नो प्रतिष्ठान (संस्था)ले पूर्वी अफ्रिकी राष्ट्रको स्वास्थ्य सुधार खासगरी गर्भवती महिलाको मृत्युदर घटाउन कार्यमा आगामी दिनमा समेत थप सहयोग गर्ने विज्ञप्तिमा प्रतिवद्धता जनाएका छन् ।

गेट्सले आफ्नो संस्थाले गरेका गतिविधिको अवलोकन गर्न यसैहप्ता तान्जानिया आउनुभएको र आफ्नो संस्थाले तान्जानियाली जनतालाई भोकमरी, विपन्नता तथा गरिबीबाट माथि उकास्न र स्वास्थ्य र सम्वृद्धिका दिशामा अघि बढाउन अनवरत लाग्ने बताए । प्रतिष्ठानले तान्जानियाका नागरिकबीच मलेरिया उन्मुलन, कुपोषणमुक्त तथा पोषणका लागि सुधारका कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?