१२ वर्षमा गर्भवती भएकी गंगामाया अस्पताल भर्ना
सारांश
- १२ वर्षको कलिलै उमेरमा गर्भवती भएकी गङ्गामाया चेपाङलाई उपचारका लागि काठमाडौँको थापाथलीस्थित प्रसूतीगृहमा भर्ना गरिएको छ ।
- मकवानपुर राक्सिराङ गाउँपालिका–३ स्थित माइतीघरमा बस्दै आएकी गङ्गामाया १२ वर्षको उमेरमा गर्भवती भएकी थिइन् ।
- गंगामायाको पेटमा ८आठ महिनाको गर्भ रहेको चिकित्सकले जनाएका छन् ।
१२ वर्षको कलिलै उमेरमा गर्भवती भएकी गङ्गामाया चेपाङलाई उपचारका लागि काठमाडौँको थापाथलीस्थित प्रसूतीगृहमा भर्ना गरिएको छ ।
मकवानपुर राक्सिराङ गाउँपालिका–३ स्थित माइतीघरमा बस्दै आएकी गङ्गामाया १२ वर्षको उमेरमा गर्भवती भएकी थिइन् । गंगामायाको पेटमा ८आठ महिनाको गर्भ रहेको चिकित्सकले जनाएका छन् । उनलाई हेटौँडास्थित हेटौँडा अस्पतालबाट थप उपचारका लागि मङ्गलबार प्रसूतिगृहमा ल्याइएको हो ।
प्रसूतिगृहका निर्देशक प्रा डा जागेश्वर गौतमले गंगामायाको आवश्यक सबै स्वास्थ्य परीक्षण अति सूक्ष्मभन्दा सूक्ष्मरुपमा गरिरहेको जानकारी दिए । प्रा.डा. गौतमका अनुसार उनको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।
२० वर्षभन्दा कम उमेरमा बच्चा जन्माउँदा आमा तथा शिशुको स्वास्थ्यलाई उच्च जोखिम मानिन्छ । निर्देशक प्रा डा गौतम भन्छन् गङ्गामायाको आवश्यक सबै जाँच शुरु गरेका छौँ, नतिजा आएपछि मात्र अगामी उपचारका बारेमा भन्न सकिन्छ ।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिम्डुङ्कोको विशेष पहलमा गङ्गामायालाई उपचारार्थ हेटौँडा अस्पतालमा भर्ना गरिएको थियो ।
प्रतिक्रिया